images
images

सोमवार, जेठ ७ गते २०८१

एन्टिजेन्ट बिधिबाट परिक्षणको  दायरा विस्तार, सबैभन्दा बढी परीक्षण रुपन्देहीमा र सबैभन्दा बढी संक्रमण दर पाल्पामा

एन्टिजेन्ट बिधिबाट परिक्षणको  दायरा विस्तार, सबैभन्दा बढी परीक्षण रुपन्देहीमा र सबैभन्दा बढी संक्रमण दर पाल्पामा

images
images
images
बुधवार, जेठ २६ २०७८
बुधवार, जेठ २६ २०७८
  • एन्टिजेन्ट बिधिबाट परिक्षणको  दायरा विस्तार, सबैभन्दा बढी परीक्षण रुपन्देहीमा र सबैभन्दा बढी संक्रमण दर पाल्पामा

    बुटवल, २६ जेठ

    images
    images
    images

    कोरोना महामारीको दोस्रो लहरको सुरु भए सँगै लुम्बिनीप्रदेशले एन्टिजेन्ट परिक्षणको दायरालाई बढाएको छ। लुम्बिनीप्रदेशको स्वास्थयतथा जनसंख्यामन्त्रालयले प्रदेशमा कोभिड १९ को एन्टिजेन्ट परिक्षणको दायरा बढाएको हो ।

    कोरोनको दोस्रो लहर सुरु भएसँगै प्रदेशमा महामरी बढेपछि प्रदेश सरकारले एन्टिजेन्ट परिक्षणको दायरालाई बिस्तार गरेको छ। प्रदेशले मातहतका जिल्लाहरुका साथै सीमानाकामा समेत सम्भावीत रोगीहरुको परिक्षणको दायरालाई बढाएको हो । 

    लुम्बिनीप्रदेशको स्वाास्थ्यतथा जनसंख्यामन्त्रलायले उपलब्ध गराएको तथ्याका अनुसार लुम्बिनीप्रदेशका १२ जिल्लाहरुमा हाल सम्म ३५ हजार भन्दा बढीको एन्टिजेन्ट विधिबाट कोभिड परिक्षण गरिएको उल्लेख छ । प्राप्त तथ्यांक अनुसार प्रदेशमा सबैभन्दा बढी रुपन्देही जिल्लामा ४ हजार ४ सय १७ जनाको एन्टिजेन्ट विधीबाट परिक्षण गरिएकोमा २५.६ प्रतिशतमा संक्रमण दर भेटिएको छ, सबैभन्दा कम रुकुम पुर्वमा १ हजार १ सय ८१ जनाको एन्टिजेन्ट विधिबाट परिक्षण गरिएकोमा २५.९९ प्रतिशतमा संक्रमण दर भेटिएको उल्लेख छ । 

    प्रदेशका अन्य जिल्लामा एन्टिजेन्ट बिधिबाट गरिएको परिक्षणमा पाल्पा जिल्लामा प्रदेशमै सबैभन्दा बढी ५३.४२ संक्रमण दर पोजेटिभ देखिएकोे छ। पाल्पामा २ हजार १ सय ३४ जनाको परिक्षण गरिएकोमा १ हजार १ सय ४० जनामा पोजेटिभ देखिएको हो । यस्तै सबैभन्दा कम संक्रमण दर बाँके जिल्लामा देखिएको छ । बाँकेमा ३ हजार ४ सय ४६ जनाको परिक्षण गरिएकोमा ६ सय ५१ जना अर्थात जम्मा १८.८९ प्रतिशतमा संक्रमण दर पोजेटिभ पाइएको मन्त्रालयद्वरा उपलब्ध तथ्यांकमा उल्लेख छ । 

    यस्तै प्रदेशका अन्य जिल्लाहरु अर्घाखाँचीमा २ हजार ७ सय ८४ जनाको परिक्षण गरिएकोमा १९.७२ प्रतिशत, कपिलवस्तु जिल्लामा ३६५५ जनाको परिक्षण गरिएकोमा २१.८१ प्रतिशत, गुल्मी जिल्लामा ३ हजार १ सय ८५ जनको परिक्षण गरिएकोमा ४८.५४ प्रतिशत, दाङमा २ हजार ५ सय ३० जनाको परिक्षणमा ४५.७३ प्रतिशतमा संक्रमण दर पोजेटिभ भेटिएको छ । यस्तै नवलपरासी सुस्तापश्चिमा २ हजार ५५ जनको परिक्षणमा ३८.३० प्रतिशत, प्युठानमा ३ हजार १ सय ५६ जनाको परिक्षणमा ४३.७९ प्रतिशत, बर्दियामा ४ हजार २ सय ६२ जनाको परिक्षणमा ४५.९२ प्रतिशत र रोल्पामा २ हजार १ सय ९ जनाको परिक्षणमा ३९.२६ प्रतिशतमा संक्रमण दर पोजेटिभ देखिएको हो । 

    प्रदेशको स्वास्थ्यमन्त्रालयले प्रदेश मातहतका अन्तराष्ट्रिय सिमानाकाहरुमा समेत सम्भावीत रोगीहरुको परिक्षणको दायरालाई बढाएको छ । मन्त्रालयको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमाा रहेको ठुलाा अन्तराष्टिय सीमानाकामा गत चैत्र ११ गते देखी यताको अवधीमा दुई लाख भन्दा बढीको स्क्रिनिंग गरिएको छ भने सम्भावीत ६ हजार भन्दा बढीको एन्टिजेन्ट विधिबाट परिक्षण गरिएको छ ।  

    परिक्षणका क्रममा सबैभन्दा बढी कपिलवस्तुको कृष्णनगर नाकाहुदै नेपाल भित्रिनेमा संक्रमण दर बढी रहेको पाइएको छ। कपिलवस्तुको कृष्णनगर नाकाहुदै नेपाल भित्रिएका ५ सय ९ जनाको परिक्षणको क्रममा १२.३८ प्रतिशतमा संक्रमण भेटिएको छ । यस्तै प्रदेशका अन्य नाकाहरु बेलहिया नाकामा २ हजार १ सय ३९ जनाको परिक्षण गरिएकोमा ४.०२ प्रतिशत र जमुनीनाका नेपालगन्जका गरिएको परिक्षणमा ३ हजार ४ सय ५६ जनको परिक्षणमा ७.५२ प्रतिशतमा संक्रमण पोजेटिभ भेटिएको हो । 

    प्रदेशमा एन्टिजेन्ट विधिबाट कोभिड परिक्षण गर्नको लागी प्रदेश मातहतका सबै जिल्लाहरुमा परिक्षण किट पठाइ सकिएको र प्रदेशका कुनै पनि जिल्लामा किटको अभाव नभएको मन्त्रालयका सुचना अधिकारी डा. पुष्पराज पौडेलेले बताएका छन । उनले आर.टी पि.सि.आर बिधिबाट भन्दा एन्टिजेन्ट बिधिबाट परिक्षण गर्दा ठुलो समुदायमा सजिलै सँग परिक्षण गर्न सकिने र प्रभावकारी समेत रहेको बताउदै कोरोना सँग मिल्ने लक्ष्ण देखिएमातत्काल परिक्षण गर्न आग्रह गरेका छन् । 

    पछिल्लो समयप्रदेश सरकारले परिक्षणलाइ अस्पताल र समुदायमा गरी विभाजन गरेर परिक्षणको दायरालाई बढाइएको बताउदै अस्पतालमा आउने सम्भावीत लक्ष्ण देखिएका र कोरोना संक्रमण दर र मृत्यु दर बढी भएको समुदायमा एन्टिजेन्ट विधिबाट परिक्षणको दायरा बढाईको उल्लेख गरे । मानवीयचेतनामा अपेक्षित परिर्वतन आउन नसकेको कारण कोरोना संक्रमण महामारीको रुपमा फैलिएको भन्दै उनले नेपाल सरकार र सरोकारवाला निकायहरुले जोखिमबाट बच्नको लागी  जनचेतना फैलाउन गत बर्षबाट नै समुदाय स्तरमा जोखिम संचार कार्यक्रमको सुरुवात गरि संचालन गरेको बताए । 

    कोरोनाको संक्रमण दर बिगतमा ६० प्रतिशत सम्म रहेकोमा पछिल्लो समय घटेर २२ प्रतिशतमा झरेको भएपनि कोरोनासँग हेलचेक्राई गर्ने अवस्था नरहेको भन्दै संवेदनशील हुन र सुरक्षाको मापदण्ड अपनाउन आग्रह गरेका छन्। उनले पछिल्लो समय कोरोना संक्रमण शहरी क्षेत्रमाभन्दा पनि गाउँमा बढी देखिन सक्ने र गाउँगाउँमा संक्रमण दर देखिदा परिक्षणको दायरामा ल्याउन भौगोलीक बिकटताले मुस्किल हुन सक्ने  उनको भनाई छ । 

    कोभिड भ्याक्सीन लगाएनलगाए पनि सुरक्षाको मापदण्ड नअपनाएसम्म कोरोना बाट बाच्नको लागी उपाए नै छैन । व्यत्तिविशेषले मात्र नभइ समुदाय स्तरबाट नै आत्मबल र आत्मरक्षा बढाउदै सुरक्षा उपायन अपनाए सम्म अझ एक डेढ बर्ष जोखिमको अवस्था रहेको छ । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij