images
images

शनिवार, जेठ ५ गते २०८१

सिद्धार्थनगर सिटी हस्पिटलमा अत्याधुनिक सिटी स्क्यान सेवा

सिद्धार्थनगर सिटी हस्पिटलमा अत्याधुनिक सिटी स्क्यान सेवा

images
images
images
मंगलवार, जेठ २५ २०७८
मंगलवार, जेठ २५ २०७८
  • सिद्धार्थनगर सिटी हस्पिटलमा अत्याधुनिक सिटी स्क्यान सेवा

    भैरहवा, २५ जेठ ।
    रुपन्देहीको मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.ले अत्याधुनिक सिटी स्क्यान सेवा सञ्चालनमा ल्याएको छ । बिरामीहरुलाई सहज र सुलभ रुपमा गुणस्तरीय सेवा प्रदान गर्न ६४ स्लाइसको सिटी स्क्यान सेवा सुरु गरिएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए ।

    images
    images
    images

    सिटी स्क्यान सेवाको मंगलबार मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरीले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै अध्यक्ष चौधरीले अस्पताललाई सहयोग गर्न गाउँपालिका तयार रहेको बताए । उनले भुगोलको हिसाबले ठूलो रहेको मायादेवी गाउँपालिकामा धेरै कारखाना समेत रहेको बताए । उनले आफूहरु निर्वाचित भएको २/३ वर्षको दौरानमा सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.ले बिरामीहरुलाई गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएको अनभुति भएको बताए । लुम्बिनीरोडसंगै जोडिएको अस्पताल जाने सडक निर्माणको लागि आगामी वर्षको बजेटमा रकम बिनियोजन गर्ने उनको भनाइ छ । कोरोना महामारीको अत्यन्तै जटिल अवस्थाका बाबजुद पनि गाउँपालिकाले सरकारको निर्देशन पालना गरी कामहरु अगाडी बढाएको अध्यक्ष चौधरीले बताए । अस्पतालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरुलाई पनि अगाडी बढाउनुपर्नेमा उनले जोड दिए ।

    सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का अध्यक्ष डा. सुवोध पाण्डेले अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीहरुको मिहिनेत र लगनशिलताका कारण आफू खुशी भएको बताए । उनले अस्पतालको लागि करिब एक/डेढ वर्ष चुनौती रहेको र चुनौती पार गर्दै जानुपर्ने र त्यसपछि स्थिर हुने बताए । डा. पाण्डेले अस्पताल कसैको व्यक्तिगत सम्पत्ति नभएकोले सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले अस्पतालबाट केही त्रुटि/कमी–कमजोरी भए सल्लाह, सुझाव तथा गुनासो गर्न समेत आग्रह गरे । ‘सबैले मेरो अस्पताल हो भन्ने सोचका साथ अगाडी बढ्नुपर्छ, ’उनले भने ।

    हस्पिटलका हाड, जोर्नी, नशा तथा स्पाइनल सर्जन डा. जावेद खानले आफू अस्पतालमा आबद्ध भएको १० वर्ष भइसकेको बताए । उनले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) र काठमाण्डौमा हुँदा पनि बिरामीको सेवा लागेको बताए । निजी क्षेत्रको नमूना अस्पतालको रुपमा विकास हुँदै गएको अस्पतालले बिरामीलाई उत्कृष्ट सेवा दिइरहेको उनको भनाइ छ । अब सिटी स्क्यान सेवाको लागि बाहिर जानु नपर्ने र क्रमशः एमआरआई लगायतका परीक्षण सेवा पनि बढाउँदै जानुपर्नेमा उनले जोड दिए । काठमाण्डौको स्वास्थ्य सेवा अब सिद्धार्थनगर सिटी हस्पिटलबाट पाउन सकिने उनको भनाइ छ ।IMG_8173.JPG

    हस्पिटलका निर्देशक डा. अमित चतुर्वेदीले अस्पतालको स्थापना भएसंगै अब मायादेवी गाउँपालिका स्वास्थ्य क्षेत्रमा उत्कृष्ट गाउँपालिका बन्ने विश्वास व्यक्त गरे । उनले अस्पतालमा सिटी स्क्यान सेवा अघि विभिन्न सेवा सुरु भइसकेको बताए । अन्य विभिन्न सेवा सुरु गर्ने योजना भए पनि कोभिड–१९ र निषेधाज्ञाका कारण सम्पूर्ण सामान र जनशक्तिको उपलब्धता नहुने भएका कारणले सुचारु गर्न नसकिएको डा. चतुर्वेदीले बताए । उनले सिटी स्क्यान सेवाले छिटो रिपोर्ट दिने भएकाले बिरामीको उपचार पनि छिटोछरितो गर्न सकिने बताए । अस्पतालका मानव संसाधन प्रबन्धक विद्या गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
    IMG_8179.JPG

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij