images

आइतवार, बैशाख १६ गते २०८१

लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

images
images
images
मंगलवार, जेठ २५ २०७८
मंगलवार, जेठ २५ २०७८
  • लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    बुटवल, २५ जेठ । 
    लुम्बिनी प्रदेश सरकारले आज प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीका अनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशसभा बैठकमा दिउँसो ४ बजे आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम घोषणा गर्नेछन् ।

    images

    मन्त्री चौधरीका अनुसार आगामी असार १ गते प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गरेको छ । बजेट अघि बजेटका प्राथमिकता र सिद्धान्त समेटिएको सरकारको नीति तथा कार्यक्रम ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

    सोमबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको थियो । आगामी वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको मन्त्री चौधरीले बताए । 
    चौधरीका अनुसार कोरोना रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउने, त्यसबाट प्रभावित क्षेत्रलाई राहत दिने र तेस्रो लहरका रुपमा आउन सक्ने कोरोना महामारीविरुद्धको पूर्व तयारी सम्बन्धि कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ । यता नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएसंगै सरकारलाई बजेट ल्याउने ढोका खुल्छ । उता विपक्षी गठबन्धनले पनि नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा नरम व्यवहार प्रदर्शन गर्ने बुझिएको छ । 

    विगतदेखि मुख्यमन्त्रीको राजीनामा माग र सरकारको विरोध गर्दै आइरहेको विपक्षी गठबन्धनले नीति तथा कार्यक्रम र बजेट अघि विरोधका कुनै कार्यक्रम नराख्ने बताइएको छ । हाल प्रदेश सरकारमा मन्त्री रहेका जनता समाजवादी पार्टी नेपाल (जसपा) का ४ जना सांसदको बारेमा असार ७ गते सर्वोच्चमा सुनुवाई हुने भएकोले सर्वोच्चको निर्णयको पनि प्रतिक्षा गरिने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडियाले बताए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij