images
images

शनिवार, जेठ ५ गते २०८१

अबको निषेधाज्ञा मोडालिटी परिवर्तन गरी खुकुलो पार्ने सरकारको तयारी 

अबको निषेधाज्ञा मोडालिटी परिवर्तन गरी खुकुलो पार्ने सरकारको तयारी 

images
images
images
मंगलवार, जेठ २५ २०७८
मंगलवार, जेठ २५ २०७८
  • अबको निषेधाज्ञा मोडालिटी परिवर्तन गरी खुकुलो पार्ने सरकारको तयारी 

    काठमाडौं, २५ जेठ । कोरोना कहरका कारण गत वैशाख १६ गतेदेखि मुलुकका अधिकांश जिल्लामा जारी निषेधाज्ञाको मोडालिटीमा केही परिवर्तन गरि खुकुलो बनाइने भएको छ । तर मानिसहरुको भिडभाड हुने स्थलहरु भने खुला गरिने छैन ।  
    कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै जारी गरिएको निषेधाज्ञामा अब नयाँ शैली अपनाई सर्वसाधारणको दैनिकी र जनजीवन सहज बनाउने तयारी सरकारले गरेको छ । हाल देशका ७५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । 

    images
    images
    images

    कुल ७७ जिल्लामध्ये मनाङ र खोटाङ्गमा निषेधाज्ञा नरहेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार निषेधाज्ञामा एकरुपता कायम गर्ने उद्देश्यले पछिल्लो पटक अधिकांश जिल्लामा ३१ जेठसम्म निषेधाज्ञा तोकिएको छ । 

    निषेधाज्ञा तत्काल नहट्ने तर मोडालिटीमा परिवर्तन गर्ने मन्त्रालयले तयारी गरेको छ । जेठ ३१ पछिको निषेधाज्ञा केही खुकुलो पारी जनजीवन सहज बनाउने तर अझै केही समय जारी राख्ने मन्त्रालयको तयारी रहेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए ।  

    विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट प्राप्त सुझावका आधारमा निषेधाज्ञाको शैली परिवर्तन गर्न लागिएको प्रवक्ता दाहालले बताए । नयाँ शैली अन्तर्गत विकास निर्माण, उत्पादनजन्य, कृषि कार्य खुला गर्ने सरकारको तयारी छ । 

    सार्वजनिक यातायात, विद्यालय, सपिङ्ग सेन्टर, सिनेमा हल, हाटबजार आदि भने तत्काल नखोलिने सरकारले जनाएको छ । यद्यपी जिल्लाको वस्तुस्थिति हेरेर केही खुकुलो गर्ने वा नगर्ने, कहाँ गर्ने कहाँ नगर्ने भन्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ ।  

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij