images
images

शनिवार, जेठ ५ गते २०८१

विपन्न परिवारलाई लायन्स सिद्धार्थनगर लेडी युथको सहयोग

विपन्न परिवारलाई लायन्स सिद्धार्थनगर लेडी युथको सहयोग

images
images
images
मंगलवार, जेठ २५ २०७८
मंगलवार, जेठ २५ २०७८
  • विपन्न परिवारलाई लायन्स सिद्धार्थनगर लेडी युथको सहयोग

    भैरहवा, २५ जेठ ।
    लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले सिद्धार्थनगरका विपन्न परिवारलाई स्वास्थ्य तथा खाद्यान्न सामग्री वितरण गरेको छ । क्लबका वर्ष २०२०/२१ का कोषाध्यक्ष तृप्ती वर्मा कर्णका पति तथा लायन्स क्लब अफ सिद्धार्थनगर युथका सदस्य स्व. नितेश कर्णको सम्झनामा विपन्न परिवारलाई उक्त सामग्री वितरण गरिएको कार्यक्रम संयोजक तथा क्लबका वर्ष २०२१/२२ का इलेक्ट प्रेसिडेन्ट तनु कसौधनले बताइन् । कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न परिवारलाई मध्यनजर गर्दै उक्त सामग्री वितरण गरिएको कसौधनले बताइन् । नितेश कर्णको ४० वर्षको उमेरमा २०७८ जेठ ५ गते निधन भएको थियो ।

    images
    images
    images

    सि.न.पा.–९ गोनहियास्थित श्री विन्ध्यवासिनी मिसुजु आधारभूत विद्यालयमा ५५ विपन्न घरपरिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरिएको क्लबका वर्ष २०२०/२१ का अध्यक्ष रितु वि.क.ले बताइन् ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडा सदस्य युवराज बराल, विद्यालयका प्रधानाध्यापक चर्तुभुज रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

    यस अघि पनि क्लबले भैरहवास्थित भीम अस्पताललाई अक्सिजन सिलिण्डर खरिदका लागि ५० हजार रुपैयाँ हस्तान्तरण गरेको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij