images
images

शनिवार, जेठ ५ गते २०८१

रुपन्देहीमा साढे ४ लाख बढीको अवैध सामान बरामद

रुपन्देहीमा साढे ४ लाख बढीको अवैध सामान बरामद

images
images
images
सोमवार, जेठ २४ २०७८
सोमवार, जेठ २४ २०७८
  • रुपन्देहीमा साढे ४ लाख बढीको अवैध सामान बरामद

    भैरहवा, २४ जेठ ।
    रुपन्देही प्रहरीले साढे ४ लाख बढीको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा उक्त कार्यालय मातहत वडा प्रहरी कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी अधिकृत समेतको टोलीले आइतबार विभिन्न स्थानबाट अवैध सामान बरामद गरेको हो ।

    images
    images
    images

    भारतबाट नेपालतर्फ भन्सार छली, चोरी पैठारी गरी अवैध सामानहरु ओसार–पसार गरी ल्याउँदै गरेको अवस्थामा ४ लाख ६५ हजार ५ सय ५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । 

    बरामद गरिएको सामानहरुमा चिनी ३४ बोरा, फेयर लब्ली क्रिम २ बोरा, अचल बदाम १४० प्याकेट, काजु ४९ प्याकेट, मसला २ बोरा, इण्डियन गेट चामल २० किलो, मच्छर धुप २६ पत्ता, किसमिस ४३ प्याकेट, अगरबत्ती ३४ पत्ता, जेन्स टिसर्ट २०० पिस, माईक्रोनी (पास्ता) १२५ के.जी., लेडिज टप्पस २९ पिस, एसियन पेन्ट ४० लिटर, जुत्ताको सोल ४४ जोर, जिलेट बिलेट १४ प्याकेट, लेज १३० प्याकेट, गोल्डी मसला १७ प्याकेट, किसमिस ३० प्याकेट, चिकेन मसाला १७ प्याकेट, गुड डे बिस्कुट ५ प्याकेट, ओरिय बिस्कुट १८ प्याकेट, चियापत्ति ४ किलो र स्कार्पियो डिस २ थान रहेका छन् ।

    प्रहरीले फेला पारेका अवैध सामान स्थानीयको रोहबरमा बरामद गरी आवश्यक कारवाहीको लागि सोमबार भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 














    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij