images
images

शनिवार, जेठ ५ गते २०८१

स्याङ्जामा अन्तर्राष्ट्रिय सहयोगबाट १० लाख बढीको स्वास्थ्य सामग्री वितरण

स्याङ्जामा अन्तर्राष्ट्रिय सहयोगबाट १० लाख बढीको स्वास्थ्य सामग्री वितरण

images
images
images
सोमवार, जेठ २४ २०७८
सोमवार, जेठ २४ २०७८
  • स्याङ्जामा अन्तर्राष्ट्रिय सहयोगबाट १० लाख बढीको स्वास्थ्य सामग्री वितरण

    मुक्ति सुवेदी
    स्याङ्जा, २४ जेठ । 
    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले ‘विपदमा संगसंगै’ भन्ने नारा लिएर आपतकालिन राहत कोष सुरु गरेकोमा यसले सार्थक रुप लिएको छ । विश्वभरी रहेका स्याङ्जालीहरुको सहयोगमा कोरोनाको दोस्रो भेरियण्ट पश्चात १० लाख रुपैयाँ भन्दा बढीको स्वास्थ्य सामग्री स्याङ्जाका ११ वटै स्थानीय तहमा हस्तान्तरण गरिएको छ । 

    images
    images
    images

    कोभिडले आक्रान्त परेर जीवनस्तर नै प्रभावित पारेको अवस्थामा विभिन्न चरणमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम अनुसार जिल्लाका सबै पालिकाहरुमा आवश्यकता अनुसारको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको संस्थाका सल्लाहकार सुरेश रेग्मीले जानकारी दिए । 

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ, चापाकोट नगरपालिका, फेदीखोला, आँधिखोला र अर्जुनचौपारी गाउँपालिकालाई ३–३ वटा ४० लिटरका अक्सिजन सिलिण्डर र विरुवा, हरिनास र कालीगण्डकी गाउँपालिकालाई ५–५ लिटरका अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको थियो । त्यसै गरी समाजले जिल्लाका सबै पालिकाहरुलाई १०–१० वटा अक्सिमिटर उपलब्ध गराएको छ। 

    फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधि लगायतलाई हौसल्ला प्रदान गर्न यसरी सहयोग गरिएको अध्यक्ष जीवन न्यौपानेले बताए । जनताले अक्सिजनको अभाव र उपचार नपाएर ज्यान गुमाउनुपर्दा आफुहरु टुलुटुलु हेरेर बस्न नसकी विपद्को समयमा विश्वभरी छरिएर रहेका स्याङ्जाबासी दाजुभाइ तथा दिदीबहिनी पनि साथमै छौं भन्ने संदेश दिनको निम्ति यसरी सहयोग वितरण कार्यक्रम गरिएको उनले बताए । 

    पहिलो चरणमा संस्थाले १ सय वटा अक्सिजन सिलिण्डर भर्नको निम्ति आर्थिक सहयोग गरेको थियो । २० वटा भन्दा बढी देशमा रहेका एनसीसीसंग समन्वय गरी आइसीसीले स्याङ्जामा विभिन्न घटनामा राहत वितरणको काम गरिरहेको छ ।

    ‘विश्व नै कोभिडको कारणले आक्रान्त बनेको अवस्थामा विदेशमा बसेर पनि आफ्नो मातृभूमिप्रति गरेको सहयोगले आफुहरुलाई हौसला बढाएकोले सहयोगी सबैलाई आशिर्वाद र पुण्य मिल्नेछ’, वालिङ नगरपालिका प्रमुख दिलिप प्रताप खांणले भने ।

    त्यस्तै कालीगण्डकी गाउँपालिका प्रमुख खिम थापाले विदेशमा अध्ययन र कामको सिलसिलामा गए पनि जिल्लामा केही घटना हुनेबित्तिकै सम्झेर सहयोग गर्न तत्पर रहने क्रियाकलापले आफुलाई खुशी लागेको भन्दै संस्थाको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

    अभियानमा अष्ट्रेलिया, जापान, स्पेन, कतार, युके, साउदी–अरब, दक्षिण–कोरिया, बेल्जियम, युएइ र कुवेतमा रहेका स्याङ्जा सहयोग समाज अन्तर्गतका संस्थाहरुको संस्थागत सहयोग रहेको थियो भने केही देशहरुबाट व्यक्तिगत सहयोग समेत प्राप्त भएको थियो ।

    स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका संरक्षक अनन्त कुमार श्रेष्ठ, सल्लाहकारहरु सुरज रेग्मी, भुपराज बस्याल, रामु बस्याल, उपाध्यक्ष प्रकाश श्रेष्ठ, सचिव तथा प्रवक्ता मुक्ति सुवेदी, सह–कोषाध्यक्ष डोलराज डुम्रे र सदस्य धर्म पराजुली, लक्ष्मण बस्याल लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij