images
images

शनिवार, जेठ ५ गते २०८१

सामाजिक अभियन्ता शर्मा, शाही र कलाकार बस्नेत स्वास्थ्य सामग्रीसहित गुल्मीमा

सामाजिक अभियन्ता शर्मा, शाही र कलाकार बस्नेत स्वास्थ्य सामग्रीसहित गुल्मीमा

images
images
images
सोमवार, जेठ २४ २०७८
सोमवार, जेठ २४ २०७८
  • सामाजिक अभियन्ता शर्मा, शाही र कलाकार बस्नेत स्वास्थ्य सामग्रीसहित गुल्मीमा

    गुल्मी, २४ जेठ ।
    सामाजिक अभियन्ता शान्ता शर्मा, ज्ञानेन्द्र शाही र कलाकार तिलक बस्नेत लगायतको टिम सोमबार गुल्मीमा आएको छ । गुल्मेली कलाकार तिलक बस्नेतको पहलमा ३० लाख बराबरको स्वास्थ्य सामग्री गुल्मी अस्पताल र जिल्लामा अवस्थित स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्ने गरी सामाजिक अभियन्ता शर्माको टिम गुल्मी आएको हो । 

    images
    images
    images

    कलाकार बस्नेतका अनुसार जेठ २५ गते मंगलबार विहान ९ बजे जिल्ला अस्पतालमा हस्तान्तरण गर्ने कार्यक्रमको तय भएको छ । वोधिसत्वा विहार बुढानिलकण्ठ काठमाडौंंले २० वटा अक्सिजन कन्सेन्ट्रेटर, माक्स, सेनिटाइजर, पीपीई लगायतका स्वास्थ्य सामाग्री गुल्मी अस्पताल र स्वास्थ्य चौकीलाई वितरण गरिने कलाकार बस्नेतले बताए । 

    वोधिसत्वा विहार बुढानिलकण्ठ काठमाडौं फाउण्डेशन प्रमुख शान्ता शर्माका पुर्खा ३ सय वर्ष पहिले साविकको अर्जै गा.वि.सबाट बसाईसराई गरी गोरखा गएका थिए । सोमबार सामाजिक अभियन्ता शर्माको टिम पुर्खयौली गाउँ गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ६ अर्जैमा पुगेर  मोटरबाटो, विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालयको सोमबार अवलोकन गरेका हुन् । 
    पुर्खाहरु बसाइसराई गरी गए तापनि पुर्खयौली गाउँ र जिल्लालाई आफु र आफ्नो संस्थाले सहयोग गर्न पाउँदा वोधिसत्वा विहार बुढानिलकण्ठ काठमाडौं प्रमुख तथा सामाजिक अभियान्ता शान्ता शर्माले खुशी व्यक्त गरिन् । गाउँपालिकाले संचालन गरेको कोभिड अस्पताललाई अक्सिजन कन्सेन्ट्रेटर लगायतका स्वास्थ्य सामग्री पठाउने वोधिसत्वा विहार बुढानिलकण्ठ काठमाडौं   शर्माले प्रतिबद्धता गरिन् । 

    पुर्खयौली गाउँ अर्जै घुम्न पुगेका सामाजिक अभियान्ता शर्मा ,ज्ञानेन्द्र शाहि र कलाकार तिलक बस्नेत लगायतको टिमलाई अर्यालकै घरमा राखेर खाना खुवाई स्वागत गरिएको मालिका गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ६ अर्जैका वडा अध्यक्ष शोभाखर गिरीले जानाकारी दिए । १२ औं पुस्ता पहिले बसाईसराई गरी गोरखा बसाई भए तापनि गाउँप्रतिको मायाले गाउँ र जिल्लामै स्वास्थ्य सामाग्री लिएर आएको शर्माको टिमलाई वडा अध्यक्ष गिरीले धन्यबाद दिए । 

    दोस्रो भेरियन्टको रुपमा विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस अर्थात् कोभिड १९ संक्रमण बच्नको लागि वोधिसत्वा विहार बुढानिलकण्ठ काठमाडौंंले देशभरी नै स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij