२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

कोभिड कोषमा १० करोड थप्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

सोमवार , जेठ २४, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, २४ जेठ । 
    लुम्बिनी प्रदेश सरकारले कोभिड कोषमा १० करोड थप गर्ने निर्णय गरेको छ । सोमबार प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

    त्यस्तै बैठकले यही जेठ २५ गते प्रदेशसभामा प्रस्तुत गर्ने सरकारको नीति कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत नीति कार्यक्रम प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रस्तुत गर्न आग्रह गर्ने निर्णय भएको मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर के.सी.ले जानकारी दिए ।