images
images

शनिवार, जेठ ५ गते २०८१

सम्मरीमाईको आइसोलेशन सेन्टरलाई राप्रपा रुपन्देहीको सहयोग

सम्मरीमाईको आइसोलेशन सेन्टरलाई राप्रपा रुपन्देहीको सहयोग

images
images
images
आइतवार, जेठ २३ २०७८
आइतवार, जेठ २३ २०७८
  • सम्मरीमाईको आइसोलेशन सेन्टरलाई राप्रपा रुपन्देहीको सहयोग

    भैरहवा, २३ जेठ । 
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति रुपन्देहीले जिल्लाका विभिन्न पालिकाद्वारा सञ्चालित कोभिड–१९ अस्थायी अस्पताल/आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामग्री र पौष्टिक आहार हस्तान्तरण गरिरहेको छ । 

    images
    images
    images

    सोही क्रममा राप्रपाले आइतबार रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार अन्तर्गत सम्मरीमाई गाउँपालिकाद्वारा सञ्चालित सम्मरीमाई कोभिड–१९ आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामग्री तथा पौष्टिक आहार हस्तान्तरण गरेको हो । सम्मरीमाई–६ असुरैनामा सञ्चालित आइसोलेशन सेन्टरलाई मास्क, सेनिटाइजर, च्यवनप्राश र मिनरल वाटर प्रदान गरिएको राप्रपा रुपन्देहीका निवर्तमान उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।

    पार्टीका केन्द्रिय सदस्य अहमद्दीन खानको विशेष उपस्थितिमा आइतबार राप्रपा रुपन्देही क्षेत्र ४ का अध्यक्ष सद्दाम शाहलें सेन्टरलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा पार्टीका रुपन्देही जिÞल्ला सदस्य भोला देवान, अहमद अली शाह, नेताहरू सुजीत कुमार यादव, अनिल शुक्ला, उदयराज सिंह, जयराम सहानी, रबिन्द्र कुर्मी, मजीद खान, सुरेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij