images

मंगलवार, बैशाख २५ गते २०८१

बुटवलका ८ राजनीतिक दलद्वारा सरकारको कदमको विरोध

बुटवलका ८ राजनीतिक दलद्वारा सरकारको कदमको विरोध

images
images
images
आइतवार, जेठ २३ २०७८
आइतवार, जेठ २३ २०७८
  • बुटवलका  ८ राजनीतिक दलद्वारा सरकारको कदमको विरोध

    बुटवल, २३ जेठ ।
    मुलुकमा विगत केही समय यता नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी र तानाशाही प्रवृति हावी भएको भन्दै सर्वत्र विरोध हुन थालेको छ । 

    images
    images
    images

    सरकार र पार्टी संचालनमा मनपरी ढंगले अघि बढेको, राजनैतिक खेंलाची गरी राष्ट्रियता र स्वाभिमानमा आँच पुर्याएको, पार्टीमा अल्पमत र असन्तुष्ट पक्षलाई पेलेर भित्तामा पुराएको, महामारी नियन्त्रणमा गैरजिम्मेवारीपन प्रदर्शन गरेको लगायतका आरोप लगाउँदै चारैतिरबाट विरोध भइरहेको छ। 

    यसैबीच रुपन्देहीको बुटवल उपमहानगरपालिकामा क्रियाशिल ८ विपक्षी राजनैतिक दलहरुले पनि प्रम ओली र सरकारले असंवैधानिक कदम चालेको भन्दै त्यसको विरोध गर्दै विज्ञप्ती जारी गरेका छन् । कोरोना महामारीका कारण समग्र मुलुक र जनता आक्रान्त बनिरहेको बेला मन्त्रीमण्डल परिवर्तन गर्ने, संसद विघटन गर्ने, विपक्षी दलहरुको अवमुल्यन गर्ने र आफ्नै पार्टीमा पनि हैकमबादी चरित्र प्रदर्शन गरेको भन्दै घोर विरोध गरेका छन् ।

    विज्ञप्तीमा नेपाली कांग्रेसका सभापति खेलराज पाण्डे, नेकपा (माओवादी केन्द्र) का सचिव नारायण बन्जाडे, नेकपा एमाले नेपाल-खनाल समुहका सचिव लोकराज पोखरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष तुलसीराम शर्मा, नेकपा माओवादी (क्रान्तिकारी)का सचिव मानबहादुर कुंवर, जसपाका अध्यक्ष बामदेव भुसाल, राप्रपाका निरज प्रताप खाँड, राष्ट्रिय जनमुक्ति पार्टीका थर्कबहादुर बाह्रघरेले संयुक्त हस्ताक्षर गरेका छन् ।

    विज्ञप्तीमा भनिएको छ—कोरानाको महामारीका कारण अहिलेको जनजीवन चिन्ताग्रस्त छ । सबैतिर स्वास्थ्य तथा मानवीय संकट उत्पन्न भएको छ । यस्तो कहालीलाग्दो र विषम परिस्थितिमा निषेधाज्ञाका कारण शिक्षा, यातायात, उद्योग, व्यावसाय, कृषि लगायत सबै क्षेत्र अस्तव्यस्त छ । श्रम गरी खाने मजदूर वर्गलाई आफ्नो दैनिकी निर्वाह गर्न समस्या परिरहेको छ । यो संकटको घडिमा वर्तमान सरकार कहींकतै, कुनै कुरामा पनि जिम्मेवार भएको देखिदैन । समय–समयमा मन्त्रीमण्डल परिवर्तन गरिरहने र उनीहरुका गैरजिम्मेवार भनाइहरुले मुुलुकमा थप अन्यौलता उत्पन्न हुने गरेको छ । कोरानाका कारण एकातिर सिकिस्त बिरामीका लागि अस्पतालमा बेड, अक्सिजन, आइसीयू, भेन्टिलेटर, औषधी इत्यादिको अभाव छ भने अर्को तिर खोपको व्यवस्था नहुँदा सरकार भएको आभाष हुन सकेको छैन, विज्ञप्तीमा उल्लेख छ । 

    प्रेस वक्तव्यमा उल्लेखित बुंदाहरु निम्नानुसार छन् । 

    १. भर्खरै नियूक्त केपी ओली सरकारका उप–प्रधानमन्त्री राजेन्द्र महतोले विवादास्पद अभिव्यक्ति दिएर देशलाई विखण्डन गराउने विषय उठाएका छन् । हिजो सिंहदरवारमा बसेर चर्को कुरा गर्नेहरु र सिमा–नाकामा बसेर आन्दोलन गरी मुलुकलाई अप्ठेरो पार्नेहरुबीच गहिरो सम्बन्ध र तालमेल देखिएको छ । तसर्थ प्रधानमन्त्रीमा नैतिकता छ भने तत्काल यस्तो अभिव्यक्ति दिनेलाई सरकारबाट हटाउन जोडदार माग गर्दछौं ।

    २. कोरोना महामारीबाट सुरक्षित हुनको लागि खोप भरपर्दो उपाय हुन सक्दछ । तर खोप उपलब्ध गराउन भएको ढिलाई तथा अनियमितताप्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको छ । नागरिकको स्वास्थ्यमा भएको खेलवाडलाई अविलम्ब बन्द गरी छिटो भन्दा छिटो आम नागरीकलाई सहज रुपमा खोप सुविधा उपलब्ध गराउन माग गर्दछौं । यस्तो चरम संकटको बेला भएको महंगी, कालोबजारी नियन्त्रण गर्न जोडदार माग गर्दछौं।

    ३. बुटवल उप–महानगरपालिका भित्र तिनाउ र दानव नदीमा नदीजन्य पदार्थः ढुङ्गा, गिट्टी, बालुवाको व्यापक दोहन भएको छ । यस महामारीलाई अवसरको रुपमा उपयोग गरी नदीजन्य पदार्थ दोहन गरिनु लज्जाको विषय हो । जनतालाई परेको पीर–मर्काको विषयलाई समाधान गर्नुको साटो मौका हेरेर तिनाउ र दानव नदि दोहनमा लाग्नु दुःखको विषय हा । तसर्थ यस्तो काम तत्काल बन्द गर्न बुटवल उप–महानगरपालिकासँग माग गर्दछौं ।

    ४. अन्तमा, कोरोनाका कारण दिवंगत हुनु भएका सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै उपचारमा रहनुभएका सबैमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij