images

मंगलवार, बैशाख २५ गते २०८१

विपन्नलाई राहत बाँड्दै मर्चवार सामुदायिक विकास केन्द्र

विपन्नलाई राहत बाँड्दै मर्चवार सामुदायिक विकास केन्द्र

images
images
images
आइतवार, जेठ २३ २०७८
आइतवार, जेठ २३ २०७८
  • विपन्नलाई राहत बाँड्दै  मर्चवार सामुदायिक विकास केन्द्र

    भैरहवा, २३ जेठ ।
    दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले वैशाख १६ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण विभिन्न क्षेत्र प्रभावित भएका छन् । व्यवसाय, उद्योग, कल–कारखाना बन्द हुँदा दैनिक ज्यालादारीमा काम गर्ने मजदूर त्यसको प्रत्यक्षमा मारमा परेका छन् । उनीहरुलाई बिहान सांझको छाक टार्न समस्या छ । यही समस्यालाई मध्यनजर गर्दै मर्चवार सामुदायिक सेवा केन्द्रले विपन्न परिवारलाई राहत वितरण गरिरहेको छ । 

    images
    images
    images

    संस्थाले मजदूर तथा विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न सामग्री वितरण गर्दै आएको कार्यक्रम संयोजक हिना तिवारीले बताइन् । विपन्न परिवारलाई चामल, पिठो, नुन, सोयाबीन, आलु, प्याज, सोयाबीन लगायतका सामग्री वितरण गरिएका उनले बताइन् । त्यसै क्रममा शनिबार भैरहवास्थित बुद्धचोक र कल्याणपथका ८ जना परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको तिवारीले जानकारी दिइन् । कार्यक्रममा अखिलेश्वर शुक्ला, ज्ञानेश्वर उपाध्याय, विनय यादव, बालगोविन्द हरिजन, मन्ती कुर्मी लगायतको सहयोग रहेको उनले बताइन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij