images

मंगलवार, बैशाख २५ गते २०८१

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर १२५ रुपैयाँ

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर १२५ रुपैयाँ

images
images
images
शनिवार, जेठ २२ २०७८
शनिवार, जेठ २२ २०७८
  • पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर १२५ रुपैयाँ

    काठमाडौं, २२ जेठ ।
    नेपाल आयल निगमले पेट्रोल,डिजल र मट्टीतेल तथा हवाई (आन्तरिक उडान)को मूल्य बढाएको छ । १५ दिनको अवधिमा मात्रै आयल निगमले इन्धनको मूल्य पुनः बढाएको हो । निगमले पेट्रोल, डिजल र मट्टीतेल तथा हवाई (आन्तरिक उडान)को मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाएको हो ।

    images
    images
    images

    योसंगै पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ पुगेको छ । त्यस्तै डिजल तथा मट्टीतेलको मूल्य १०८ र हवाई इन्धन (आन्तरिक)को मूल्य ८० रुपैयाँ प्रतिलिटर कायम भएको छ । निगमले यसअघि जेठ २ गते मात्रै पेट्रोल, डिजल, मट्टीतेल तथा हवाई इन्धन (आन्तरिक)को मूल्य लिटरमा २ रुपैयाँले बढाएको थियो । 

    जेठ २ गते मूल्य बढाउँदा पेट्रोलको मूल्य १२३, डिजल तथा मट्टीतेलको मूल्य १०६ र हवाई इन्धन (आन्तरिक उडान)को मूल्य ८७ रुपैयाँ प्रतिलिटर पुगेको थियो ।



    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij