images

सोमवार, बैशाख २४ गते २०८१

चुरे दोहनको निर्णय सच्याउन मानव अधिकार तथा शान्ति समाजको आग्रह 

चुरे दोहनको निर्णय सच्याउन मानव अधिकार तथा शान्ति समाजको आग्रह 

images
images
images
शनिवार, जेठ २२ २०७८
शनिवार, जेठ २२ २०७८
  • चुरे दोहनको निर्णय सच्याउन मानव अधिकार तथा शान्ति समाजको आग्रह 

    बुटवल, २२ जेठ । 
    आज ५ जुन अर्थात विश्व वातावरण दिवस । विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यसै सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजले पनि बुटवलस्थित सिद्धार्थ महिला तथा बाल (आम्दा) अस्पताल परिसरमा वृक्षारोपण गरी वातावरण दिवस मनाएको छ । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै समाजका केन्द्रिय सभापति गोविन्द खनालले वातावरण विनाश र मानव जीवन विरोधी चुरे दोहनको निर्णय तत्काल सच्याउन सरकारलाई आग्रह गरेका छन् । विश्व समुदाय वातावरण बचाउ अभियानमा लागेका बेला नेपाल सरकारले वातावरण विनाश गरी विकास गर्ने भन्ने अनुचित निर्णय गरेको भन्दै सभापति खनालले सरकारले तत्काल निर्णय नसच्चाए सत्याग्रहको आन्दोलनमा जाने घोषणा गरेका छन् । 

    मानव अधिकार तथा शान्ति समाजले समस्त प्राणीको मानव जीवनचक्र परिस्थिति सन्तुलन र वातावरण अनुकुलनमा जोड दिदै आएको उल्लेख गर्दै सभापति खनालले हिमालय बचाउ आन्दोलन र नदी जोगाऔं अभियान समेत संचालन गरिरहेको जानकारी दिए ।

    चुरे दोहन गरेर ढुंगा गिट्टी निकासी गर्ने र वातावरण विनास गर्ने सरकारको पछिल्लो कदमले दक्षिणको मैदानी इलाका मरुभूमिकरण हुने खतरा बढेको भन्दै सभापति खनालले सरकारको यो आत्मघाती कदमलाई वातावरण प्रतिगमनको संज्ञा दिएका छन् । 

    समाजका रुपन्देही सभापति डीपी खनालको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको संचालनमा भएको कार्यक्रममा आम्दा अस्पताल निर्देशक डा .राजेन्द्र बस्याल, समाजका केन्द्रिय सचिव मिना ढकाल, केन्द्रीय सदस्य विष्णु भुसाल, पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव विक्रम खड्का लगायतले बोल्दै वातावरण संरक्षणमा सरकारी पक्ष उदासिन रहेको टिप्पणी गरेका थिए । 

    कार्यक्रममा आँप, रुद्राक्ष, अमला, बेल, धुपिसल्लो, कल्पिफूल लगायत प्रजातीका १ सय वटा विरुवा रोपिएको थियो । 196859939_2956754541280205_6936927606187274790_n.jpg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij