images

सोमवार, बैशाख २४ गते २०८१

रुपन्देहीको ग्रामीण क्षेत्रका पत्रकारलाई विभिन्न सामग्री प्रदान 

रुपन्देहीको ग्रामीण क्षेत्रका पत्रकारलाई विभिन्न सामग्री प्रदान 

images
images
images
शनिवार, जेठ २२ २०७८
शनिवार, जेठ २२ २०७८
  • रुपन्देहीको ग्रामीण क्षेत्रका पत्रकारलाई विभिन्न सामग्री प्रदान 

    भैरहवा, २२ जेठ । 
    कोरोना महामारीको बेला समस्यामा परेका पत्रकारहरुलाई पत्रकार सम्बद्ध संघ–संस्थाले सहयोग गरिरहेका छन् । यसैबीच नेपाल पत्रकार महासंघ, रूपन्देही र लुम्बिनी प्रेस क्लबले संयुक्त रुपमा रुपन्देहीका ग्रामीण क्षेत्रका पत्रकारहरुलाई सहयोग थालनी गरेका छन् ।

    images
    images
    images

    दैनिक उपभोग्य खाद्यान्न सामग्री र मास्क, सेनिटाइजर सहयोग स्वरुप पत्रकारहरुलाइ उपलब्ध गराइएको नेपाल पत्रकार महासंघ रूपन्देहीका कार्यसमिति सदस्य सलमान खानले बताए । उनले भने, ‘निषेधाज्ञाको कारण समस्यामा परेका पत्रकारहरुलाई खाद्यान्न उपलब्ध गराउन थालिएको हो । ’

    रुपन्देहीमा ४१ जना पत्रकारलाई लुम्बिनी प्रेस क्लबले कोशेली भेट कार्यक्रम अन्तरगत पत्रकारहरुकै घरमा पुगेर स्वास्थ्य सामग्री र खाद्यान्न उपलब्ध गराइसकेको छ । नेपाल पत्रकार महासंघले पनि समस्यामा परेका सदस्यहरुलाई खाद्यान्न सहयोग गरिरहेको छ  ।
    पछिल्लो समय नेपाल पत्रकार महासंघ रूपन्देही र लुम्बिनी प्रेस क्लबले जिल्लामा कुनै पत्रकारहरुलाई समस्या परेमा सहयोग गर्ने कार्यक्रम अनुसार  रुपन्देहीका पत्रकारहरुलाई सहयोगको थालनी गरेको हो । 

    नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेलले कुनै पनि पत्रकारलाई खाद्यान्नको, स्वास्थ्य सामग्रीको समस्या परे जानकारी गराउन आग्रह गरेका छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij