images

मंगलवार, बैशाख २५ गते २०८१

सामूहिक विद्यालय परिवार, रुपन्देहीद्वारा भीम अस्पताललाई सहयोग

सामूहिक विद्यालय परिवार, रुपन्देहीद्वारा भीम अस्पताललाई सहयोग

images
images
images
शनिवार, जेठ २२ २०७८
शनिवार, जेठ २२ २०७८
  • सामूहिक विद्यालय परिवार, रुपन्देहीद्वारा भीम अस्पताललाई सहयोग

    भैरहवा, २२ जेठ ।
    भैरहवा तथा यस क्षेत्र आसपासमा रहेका निजी विद्यालयहरुको संस्था सामूहिक विद्यालय परिवार, रुपन्देहील भैरहवास्थित भीम अस्पताललाई सहयोग गरेको छ ।अस्पतालमा जडान हुन लागेको अक्सिजन प्लान्टका लागि परिवारले ५५ हजार ५ रुपैयाँ प्रदान गरेको हो । शुक्रबार संस्थाका अध्यक्ष मनोज कुमार यादवले अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्तालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै सामूहिक विद्यालय परिवारका अध्यक्ष मनोज कुमार यादवले भीम अस्पतालले गर्न खोजेको मानवीय कार्यमा हातेमालो गर्दै आगामी दिनहरुमा पनि आफूहरु अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । निजी विद्यालयहरुकोे उद्देश्य नाफा कमाउने मात्र नभई विद्यालयहरुले सामाजिक क्षेत्रमा समेत हात अगाडी बढाउँदै आएको बताए । अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले सामूहिक विद्यालय परिवारको साथ र सहयोगले अस्पताल परिवारलाई थप ऊर्जा थपेको  बताए । उनले सहयोग रकमलाई पूर्ण रुपमा सदुपयोग गरिने आश्वासन दिए ।

    सामूहिक विद्यालय परिवारका सचिव चन्द्रप्रकाश न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष युवराज पोख्रेलले संस्थाको गतिविधिबारे प्रकाश पारेका थिए । सामूहिक विद्यालय परिवारमा १८ वटा विद्यालय आबद्ध छन् ।



























    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij