images

बुधवार, बैशाख २६ गते २०८१

जनमुक्ति युवा महासंघको आयोजनामा रक्तदान

जनमुक्ति युवा महासंघको आयोजनामा रक्तदान

images
images
images
शुक्रवार, जेठ २१ २०७८
शुक्रवार, जेठ २१ २०७८
  • जनमुक्ति युवा महासंघको आयोजनामा रक्तदान

    बुटवल, २१ जेठ । 
    जनमुक्ति युवा महासंघ रूपन्देहीको आयोजना र राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीको व्यवस्थापनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जनमुक्ति पार्टी रूपन्देहीको कार्यालय भवन शंकरपुर तिलोत्तमामा भएको  कार्यक्रममा पार्टी र भातृ संगठनका नेता, कार्यकर्ता र युवा समेत ५५ जनाले रक्तदान गरेका छन् । 

    images
    images
    images

    कोरोना महामारीको विषम अवस्थामा अस्पतालमा भर्ना भएका विरामीहरुलाई रगतको अभाव हुन थालेकाले अस्पतालकै आग्रहमा सामाजिक उत्तरदायित्व बहन गर्दै कार्यक्रम आयोजना गरिएको संयोजक एकु रानाले बताए । कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र भैरहवाले प्राविधिक सहयोग गरेको थियो । 

    सो अवसरमा राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव टोप अस्लामी, रूपन्देही उपाध्यक्ष टेकबहादुर गुरुङ, जनमुक्ति युवा महासंघका राष्ट्रिय अध्यक्ष शंकर गाहा, जनमुक्ति युवा महासंघ तिलोत्तमा नगर अध्यक्ष बुद्धि थापा मगर लगायतले बोल्दै जनमुक्ति पार्टी र यसका भातृ संगठनहरु विपद्को घडीमा सदैव जनताको साथमा रहने बताए ।

    यसअघि जनमुक्ति पार्टीले कोरोना अस्पताल बुटवलमा खाना र भीम अस्पताल भैरहवामा एक सातासम्म निशुल्क खाना र खाजा वितरण अभियान संचालन गरेको थियो । 

    शुक्रबारदेखि पार्टीले बुटवल, भैरहवा, तिलोत्तमा, देवदह लगायतका स्थानमा सडकमा रहेका अति विपन्न, सडक मानव, सडक बालबालिकालाई खाना खुवाउन सुरु गरेको छ । पार्टीले आउँदो हप्ता अतिविपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गर्ने योजना बनाएर तयारी गरिरहेको जनमुक्ति युवा महासंघका राष्ट्रिय अध्यक्ष शंकर गाहाले बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij