२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पत्रकार शर्मालाई  

शुक्रवार , जेठ २१, २०७८

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • बुटवल, २१ जेठ । 
    नेपाल पत्रकर महासंघ रुपन्देहीले अग्रज पत्रकार नारायण प्रसाद  सापकोटाद्वारा स्थापित उत्कृष्ट पत्रकारिता पुरस्कार–२०७७ पत्रकार टोपराज शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । शर्मा अनलाइन खबर डटकमका वरिष्ठ संवाददाता हुन् ।

    पत्रकार महासंघ रुपन्देहीको शुक्रबार बसेको सचिवालय बैठकले उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार मूल्यांकन समितिले पुरस्कारका लागि पत्रकार शर्मालाई गरेको सिफारिसलाई अनुमोदन गरेको हो । 

    प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको संयोजकत्वमा गठन भएको मूल्यांकन समितिमा लेखक तथा वातावरणका जानकार युवराज कंडेल र डिभिजन वन कार्यालयका प्रतिनिधि राजन खड्का सदस्य रहेका थिए । 

    प्रत्येक वर्ष जुन ५ तारिखका दिन विश्व वातावरण दिवसका दिन प्रदान गरिने यो पुरस्कार कोरोना महामारीका कारण यो वर्ष पछि वितरण गरिने पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बताए । 

    वातावरणका बिषयमा पत्रकारलाई प्रेरित गर्न भैरहवा निवासी पत्रकार सापकोटाले पुरस्कार स्थापना गरेका हुन । पुरस्कारको राशी नगद २५ हजार र प्रमाणपत्र रहेको छ ।