images

मंगलवार, बैशाख २५ गते २०८१

हेफर इन्टरनेशनलद्वारा स्थानीय तहलाई कोभिड राहत कोष हस्तान्तरण

हेफर इन्टरनेशनलद्वारा स्थानीय तहलाई कोभिड राहत कोष हस्तान्तरण

images
images
images
शुक्रवार, जेठ २१ २०७८
शुक्रवार, जेठ २१ २०७८
  • हेफर इन्टरनेशनलद्वारा स्थानीय तहलाई कोभिड राहत कोष हस्तान्तरण

    बुटवल, २१ जेठ । 
    हेफर इन्टरनेशनल नेपालले कोभिड राहत कोषका लागि पाल्पाको तिनाउ गाउँपालिकालाई १५ लाख रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गरेको छ । कोभिड रोकथाम, नियन्त्रण र उपचारमा सघाउ पुर्याउने उद्देश्यले स्थानीय साझेदार संस्था सामाजिक स्रोत विकास केन्द्र नेपालमार्फत उक्त राहत कोष हस्तान्तरण गरिएको हो । 

    हेफर इन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक अनन्तराज सिलवालले सो रकमको चेक हस्तान्तरण गर्दै कोभिड–१९ को महामारीबाट आक्रान्त बनेको अवस्थामा पालिकामार्फत सञ्चालन गरिएका राहतका कार्यक्रममा साझेदारी गर्न हेफरले सहयोग गरेको बताए । 

    images
    images
    images

    हेफर इन्टरनेशनल नेपालले पाल्पा जिल्लाका सबैस्थानीय तहहरुका लागि प्राथमिकताको आधारमा राहत स्वरुप १ करोड ४९ लाख सहयोग गर्ने योजना रहेको उल्लेख गर्दै प्रबन्धक सिलवालले यसको सुरुवात तिनाउ गाउँपालिकाबाट भएको जानकारी गराए । साथै यस महामारीको समयमा घरमै सुरक्षित बस्न र अत्यावश्यक काममा बाहिर जानैपर्ने भएको खण्डमा जनस्वास्थ्य सुरक्षाका सवै मापदण्ड पालना गर्न प्रबन्धक सिलवालले आग्रह गरेका छन् । 

    तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले गाउँपालिकाको पहलमा ७ सय थान कोभिड परीक्षण किट खरिद गरी कोरोना परीक्षण गर्दै आएको, क्वारेन्टिन र कोभिड विशेष अस्पतालबाट निरन्तर सेवा प्रवाह गर्दै आएको बताए । राहतका कार्यक्रमलाई पारदर्शी र प्रभावकारी बनाउदै आएको तथा अक्सिजन सिलिण्डर खरीद गर्ने प्रक्रिया जारी रहेको बेला हेफर इन्टरनेशनल नेपालबाट प्राप्त १५ लाख रुपैयाको सहयोगले गाउँपालिकाको अभियानलाई निरन्तरता र थप प्रभावकारी दिन सहयोग पुग्ने बताउदै अध्यक्ष घर्तीले सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका छन् । 

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले गाउँपालिकामा ६ सय जनाको कोभिड परीक्षण गर्दा २८५ जनामा पोजेटिभ देखिएको जानकारी गराउँदै अवस्थामा हेफर इन्टरनेशनल नेपालले राहत स्वरुप उपलब्ध गराएको १५ लाख रुपैयाँले कोभिड उपचार र रोकथाममा ठुलो सहयोग पुग्ने बताए ।  

    गाउँपालिकाको पहलमा २२ बेडको क्वारेन्टिन तथा १० बेडको अस्पताल बनाइ सेवा प्रवाह गर्दै आएको र बजेट कमी हुँदै गएको अवस्थामा हेफर इन्टरनेशनल नेपालले गरेको सहयोगले हौसला थपिएको भन्दै अधिकृत श्रेष्ठले सहयोगी संस्था हेफर इन्टरनेशनल नेपाल र सामाजिक स्रोत विकास केन्द्र नेपाललाई धन्यवाद दिए ।

    तिनाउ गाउँ कार्यपालिकाका पदाधिकारीहरुको उपस्थितिमा सञ्चालन गरिएको कार्यक्रममा सामाजिक स्रोत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक चोपलाल गिरीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रम संयोजक शिव न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij