images

आइतवार, बैशाख १६ गते २०८१

प्रहरी खोला पसेसंगै नदीजन्य पदार्थ चोरी निकासी गर्नेहरुको भागाभाग 

प्रहरी खोला पसेसंगै नदीजन्य पदार्थ चोरी निकासी गर्नेहरुको भागाभाग 

images
images
images
शुक्रवार, जेठ २१ २०७८
शुक्रवार, जेठ २१ २०७८
  • प्रहरी खोला पसेसंगै नदीजन्य पदार्थ चोरी निकासी गर्नेहरुको भागाभाग 

    बुटवल, २१ जेठ । रुपन्देहीका खोलाहरुमा नदिजन्य पदार्थको अनियन्त्रित रुपमा चोरी निकासी भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी खोला पसेपछि चोरी निकासी गर्नेहरु भागाभाग गरेका छन् ।

    images

    केही दिन यता नदी तथा खोला नालाहरुमा रातारात चरम दोहन भइरहेको र यसमा प्रहरी प्रशासनको पनि संलग्नता रहेको आशंका गरिएपछि प्रहरी एक्सनमा उत्रिएको र नदीजन्य पदार्थ चोरी निकासी गर्नेहरु भागाभाग भएका हुन् ।

    विशेष गरी तिनाउ र दानव नदीमा सयौंको संख्यामा टिप्पर, डोजर, एक्साभेटर ट्रयाक्टर लगायतका मेसिन र साधन प्रयोग गरी रातारात करोडौं मुल्यको ढुंगा, गिट्टी, बालुवा दोहन गरी निकाल्ने र अवैध रुपले विक्री वितरण भइरहेको पाइएको स्थानीय प्रशासनले जनाएको छ । 

    वर्षायाम सुरु हुन लागेको र निषेधाज्ञा जारी भएको दुवै प्रकारले सुनौलो अवसर पारेर नदीजन्य पदार्थ चोरी निकासी गर्नेहरुले आफ्नो सारा शक्ति प्रयोग गरेर दोहन गरि कर छली समेत गरेकोले एक्सनमा उत्रिनु परेको प्रहरीले जनाएको छ । 

    तिनाउ दानवका साथै देवदह, सैनामैना र कन्चन क्षेत्रका रोहिणी, कञ्चन लगायतका नदी तथा खोला नालाहरुमा प्रहरी पुग्दा ठेकेदार र चालक मजदूरहरु मेसिन र साधननै छोडेर भागेको र झण्डै ६ दर्जन बढी टिप्पर, डोजर, एक्साभेटर ट्रयाक्टर लगायतका मेसिन र साधनहरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

    जेठ १७ गतेदेखि २१ गतेसम्म गरिएको छापामार शैलीको एक्सनबाट ३ वटा एक्साभेटर, ५५ वटा टिप्पर, १५ वटा ट्याक्टर लगायतका साधनहरु नियन्त्रणमा लिइ कारवाहीका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

    स्थानीय तह र प्रशासनको ध्यान निषेधाज्ञा कार्यान्वयन र कोरोना महामारीको नियन्त्रणमा केन्द्रित भएको मौका छोपेर नियमविपरीत नदीजन्य पदार्थ उत्खनन् तथा अवैध रुपमा चोरी निकासी भएको सुचनाका आधारमा प्रहरीले अप्रेशन गरेकोे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।  


    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij