images

शनिवार, बैशाख १५ गते २०८१

कोभिड खोपमा संचारकर्मीलाई प्राथमिकता दिन पत्रकार महासंघको माग

कोभिड खोपमा संचारकर्मीलाई प्राथमिकता दिन पत्रकार महासंघको माग

images
images
images
शुक्रवार, जेठ २१ २०७८
शुक्रवार, जेठ २१ २०७८
  • कोभिड खोपमा संचारकर्मीलाई प्राथमिकता दिन पत्रकार महासंघको माग

    बुटवल, २१ जेठ ।
    नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले खोप लगाउन छुटेका पत्रकारहरुलाई अबको चरणमा प्राथमिकताको सुचिमा राख्न माग गरेको छ । महासंघले महामारीमा अग्रपंक्तिमा खटेर सुचना प्रवाह गरिरहेका पत्रकाहरुलाई खोपका लागि प्राथमिकताको सुचीमा राख्न माग गरेको हो । पहिलो चरणको खोप अभियानमा धेरै पत्रकारहरु छुटेको भन्दै महासंघले यस्तो माग गरेको हो ।

    images

    नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको टोलीले प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठलाई भेट गरी अबको क्रममा खोपको प्राथमिकतामा छुटेका पत्रकाहरुलाई समावेश गर्न माग गरेको महासचिव विक्रम खड्काले बताए ।

    महासंघका अध्यक्ष वसन्त गिरीको नेतृत्वमा गएको टोलीले विविध कारण खोपबाट वञ्चित भएका पत्रकारहरुलाई अबको क्रममा हुने खोप अभियानमा प्राथमिकताका साथ समेट्न माग गरेको हो । लुम्बिनी प्रदेशमा झण्डै ४० प्रतिशत पत्रकाहरु अझै पनि खोप लगाउन बाँकी रहेको तथ्यांक छ । 

    अबका क्रममा शुरु हुने खोपका लागि प्रबन्ध गरि संचारकर्ममा अझ सक्रियताका साथ खट्नका लागि हौसला प्रदान गर्न प्रदेश सरकारसंग गर्दै महासंघका अध्यक्ष गिरी र महासचिव विक्रम खड्को हस्ताक्षरमा माग पत्र बुझाइएको छ । 

    माग पत्र बुझ्दै स्वास्थ्य मन्त्री श्रेष्ठले पत्रकारहरु पनि यो महामारीमा फन्टलाईनरकै रुपमा आफूहरुले बुझेको भन्दै सोही अनुसारको प्राथमिकताको सुचिमा राखिने आश्वासन दिएका छन् । उनले माथिल्लो तहमै समेत पहल गरेर अबका क्रममा छुटेका सबै पत्रकारहरुलाई खोप दिलाउने दायित्ववाट आफुहरु पछि नहट्ने बताएका छन् । 

    मन्त्री श्रेष्ठका अनुसार केही समयपछि संघीय सरकारले चिनिया खोप भेरोसिल लगाउने तयारी गरिरहेको छ । भारतीय खोप नआएपछि चिनिया खोप लगाउनका काम सुरु भइरहेको छ । अहिले काठमाडौंमा खोप अभियान चलेपछि उपत्यकाबवाहिर अव आउने सरकारी अधिकारीहरुले बताएका छन् ।

    मन्त्रीसंगको भेटमा प्रदेशभरीका पत्रकारहरुका लागि स्वास्थ्य समाग्रीहरुको प्रबन्ध गर्न समेत माग गरिएको महासचिव विक्रम खड्काले बताए। भेटघाटमा प्रदेश समितिका सदस्यहरु प्रेमनारायण आचार्य, टेक बहादुर मास्की राना, चिन्ता परियार लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij