
शुक्रवार , जेठ २१, २०७८
परासी, २१ जेठ।
रोटरी क्लब नवलपरासीले पृथ्वीचन्द्र अस्पतालमा ४ बेडको आइसियु कक्ष स्थापना गरेको छ। जिल्ला अस्पतालको रुपमा रहेको अस्पतालमा आइसियु र एच्डियु सेवा नहुदा कोभिड १९ लगायत अन्य रोगका गम्भीर बिरामीहरुलाइ उपचारका लागि बाहिरी जिल्लाहरुमा पठाउने गरिएको थियो तर रोटरी क्लबले सो बाध्यता हटाउन अस्पतालमा ४ बेड आइसियु सेवा संचालन गरेको क्लबले जनाएको छ।
रोटरी क्लबका सदस्यहरु मिलेर उठाएको सहयोग रकम बाट स्थापित उक्त आइसियु कक्षको एक अनौपचारिक कार्यक्रम बीच स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले उद्घाटन गरेका छन् । गृह जिल्ला आएका मन्त्री त्रिपाठीले स्थापित आइसियु कक्षको रिबन काटेर उद्घाटन गर्दै सो कक्षको अनुगमन गर्दै यस्तो माहामारीका बेला अस्पतालहरुमा बढ्दो सामाजिक संघ संस्थाहरुको सहयोगले अस्पतालहरुलाइ निकै सहयोग पुगेको बताए ।
मन्त्री त्रीपाठीले, बढ्दो कोभिड १९ को संक्रमण रोकथाम र उपचारमा सहयोग गर्दै आएका सामाजिक संघ संस्थाको र रोटरीद्वारा संचालित यश आइसियु सेवाको प्रसंशा गर्दै थप सहयोगको अपेक्षा राख्दै छिटै सबै नेपाली जनताहरुमा कोभिड विरुद्धको खोपको पहुँच हुने बिश्वास व्यक्त गर्नु भयो।
रोटरी क्लबले आफ्नो सदस्यहरु सङ्ग मात्र रकम सन्क्लन गरि केही दिन अगाडि अक्सिजनहरु पनि सहयोग गरि रहेको र आवश्यकता देखि १० लाख बढीको रकममा उक्त ४ बेडको आइसियु सेवा पनि संचालनमा ल्याएको र अस्पताललाई आवस्यक थप सहयोग प्रदान गर्ने क्लबका अध्यक्ष सुमन गोपाल आचार्यले प्रतिबद्धता व्यक्त गरे ।
आइसियु उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, प्रदेशसभा सदस्यद्व्य अजय कुमार शाही, जिल्ला समन्वय समिती प्रमुख शिव सन्कर राय, रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ता, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, स्वतन्त्र राजनीतिक समुहका जिल्ला संयोजक राधेरमण पान्डे, अस्पताल बिकास समिति अध्यक्ष जगदीश चौधरी लगायतले यश कार्यको प्रसंशा गर्दै थप यस्तै सहयोगको अपेक्षा राखेका थिए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij