२०८२, मंसिर २ गते

Nov 18 2025 | २०८२, मंसिर २ गते

युथ पेड्लर्स सिद्धार्थनगरद्वारा विभिन्न संघ–संस्थालाई सहयोग

बिहिवार , जेठ २०, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, २० जेठ । 
    युथ पेड्लर्स सिद्धार्थनगर विभिन्न संघ–संस्थालाई सहयोग गरेको छ । विश्व साइकल दिवसको अवसर पारेर भैरहवामा साइक्लिङ गर्ने युवाहरुको समूह युथ पेड्लर्सले बिहीबार तीन वटा संस्थालाई सहयोग गरेको हो ।

    संस्थाले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) मा निःशुल्क खाना वितरण गरिरहेको जेसीआई सिद्धार्थ, नेपाल, फूड बैंक सञ्चालन गरिरहेको रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी र खाद्यान्न सामग्री वितरणका लागि लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथलाई आर्थिक सहयोग गरेको अध्यक्ष संजोग तिवारीले बताए । 

    २०७७ सालमा स्थापना भएको युथ पेड्लर्स सिद्धार्थनगरमा हाल ९ जना सदस्य आबद्ध रहेको सुनिल सेञ्चुरीले जानकारी दिए ।