images

शनिवार, बैशाख २२ गते २०८१

विश्व साइकल दिवसको अवसरमा विविध कार्यक्रम

विश्व साइकल दिवसको अवसरमा विविध कार्यक्रम

images
images
images
बिहिवार, जेठ २० २०७८
बिहिवार, जेठ २० २०७८
  • विश्व साइकल दिवसको अवसरमा विविध कार्यक्रम

    बुटवल, २० जेठ ।
    विश्व साइकल दिवसको अवसर पारेर रुपन्देहीका साईक्लिङ क्लबहरुले विविध कार्यक्रम गरी मनाएका छन् । बिहीबार ह्याप्पी साईक्लिङ क्लब र जिपी गाईजले संयुक्त रुपमा सडकमा रहेका विपन्न वर्गलाई खाना खुवाएको हो । 

    images
    images
    images

    गोलपार्क, हाटबजार, ट्राफिक चोक, हस्पिटल लाईन, बसपार्क, पुष्पलाल पार्क, देवीनगर, एन्फा एकेडेमी, सिद्धबाबा क्षेत्रमा करिब २ सय जनालाई चिकन बिरयानी र खानेपानी वितरण गरिएको संयोजक मच्छिन श्रेष्ठले बताए । क्लबका सदस्यहरुबाट सहयोग संकलन गरी खाना खुवाइएको उनले बताए । 

    त्यसै गरी बुटवलका ३ जना युवाहरुले विश्व साइकल दिवसको अवसरमा सामाजिक दुरीसहित साइकल यात्रा गरेका छन् । बुटवल युनाइटेडका स्वस्तिक श्रेष्ठको नेतृत्वमा कृष्ण केसी र पुरन रानाको टिमले बुटवलदेखि पाल्पाको विभिन्न धार्मिक पर्यटकीय स्थलको यात्रा गरेको हो । राजा भातृहरिले तपस्या गरेको दोभानको गड्डा क्षेत्रमा रहेको सिद्धबाबा धामसम्म पुगेर पुनः बुटवलसम्म यात्रा सम्पन्न गरिएको श्रेष्ठले बताए । 

    कोभिड–१९ का कारण तनाव उत्पन्न भइरहेको बेला साईक्लिङमार्फत शारीरिक र मानिस स्वस्थ्य ठिक राख्न उपयुक्त माध्यम हुने चिकित्सकहरु बताउँछन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij