
बिहिवार , जेठ २०, २०७८
अर्घाखाँची, २० जेठ ।
कोभिड–१९ संक्रमण बढ्दै गएपछि अर्घाखाँचीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ ।
बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले नयाँ भेरियन्टसहितको कोभिड–१९ तीव्र रूपले फैलिएकोले रोकथामका लागि १० दिन निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए ।
बैठकले निषेधाज्ञा अवधिभर आदेशको उल्लंघन गर्ने, अवरोध गर्ने, कालोबजारी गर्ने, अत्यावश्यक वस्तुमा जथाभावी मुल्यवृद्धि गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij