images

शनिवार, बैशाख २२ गते २०८१

लायन्स भैरहवा ग्रीन सिटी : ८५०० जनालाई निःशुल्क खाना वितरण

लायन्स भैरहवा ग्रीन सिटी : ८५०० जनालाई निःशुल्क खाना वितरण

images
images
images
बिहिवार, जेठ २० २०७८
बिहिवार, जेठ २० २०७८
  • लायन्स भैरहवा ग्रीन सिटी : ८५०० जनालाई निःशुल्क खाना वितरण

    भैरहवा, २० जेठ ।
    रुपन्देही जिल्लामा  कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिदै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्यो । निषेधाज्ञाका कारण प्राय सबै क्षेत्र प्रभावित हुन पुग्यो । नियमित रुपमा सञ्चालन हुँदै आएका उद्योग, व्यवसाय, कलकारखाना लगायतका क्षेत्र बन्द भयो । यता दोस्रो लहरको कोभिड–१९ को संक्रमण तीव्र रुपमा फैलिएपछि अस्पतालमा संक्रमितको सख्या बढ्दै गयो । यहाँसम्म कि अस्पतालमा बेड तथा अक्स्जिनको अभाव हुन थाल्यो । अस्पतालमा भएका बेड क्षमता भन्दा बढी बिरामी आउन थालेपछि बिरामी अस्पताल बाहिर नै भुंइमा बसेर उपचार गराउन बाध्य भए । त्यस्तै संक्रमितमध्ये धेरै जनामा स्वासप्रस्वासको समस्या देखिएपछि उनीहरुलाई अक्सिजनको आवश्यकता थियो । तर माग अनुसारको अक्सिजन उत्पादन हुन नसक्दा अक्सिजनको अभावमा पनि बिरामीले ज्यान गुमाउन बाध्य भए । वैशाखको पहिलो साता संक्रमण तीव्र रुपमा फैलिएसंगै एकाएक असहज परिस्थितिको सिर्जना भयो । संक्रमणदर एकाएक बढ्दा भयावह स्थिति उत्पन्न भयो । कतिपयले अस्पतालले विरामीलाई अक्सिजनको व्यवस्थापन आफै गर्नु भनेर विज्ञप्ती नै निकालेका थिए । 

    images
    images
    images

    त्यस्तै अस्पतालमा बिरामी आउँदा उनीहरुलाई खानाको पनि समस्या भयो । निषेधाज्ञाका कारण अस्पताल क्षेत्रका होटल, रेष्टुरेण्ट बन्द भएपछि बिरामी तथा बिरामी कुरुवालाई खानामा समस्या भयो । यही समस्यालाई मध्यनजर गर्दै सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले वैशाख २७ गतेदेखि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) परिसरमा डेस्क नै राखेर निःशुल्क खाना खुवाउने कार्यक्रम सुरु गर्यो । क्लबले सामाजिक क्षेत्रमा काम गरेको यो पहिलो भने होइन । गत वर्षको कोरोना महामारीमा पनि क्लबले कोरोनाविरुद्ध जनचेतनामूलक अभियान ‘तपाईको मास्क खोई’ अभियान सञ्चालन गरेको थियो । त्यस्तै क्लबले समयसमयमा विपन्न परिवार र आर्थिक अभावका कारण उपचारमा समस्या भएकालाई सहयोग, विद्यालयलाई सहयोग जस्ता सामाजिक कार्यक्रमहरु निरन्तर सञ्चालन गरेको छ । IMG_7619.JPG

    बिरामी र बिरामी कुरुवालाई खानाको समस्या भएको मध्यनजर गर्दै वैशाख २७ गतेदेखि युसीएमएसमा निःशुल्क खाना वितरण कार्यक्रम सुरु गरिएको क्लबका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले बताए । वैशाख २७ गतेदेखि जेठ २० गतेसम्म ८ हजार ५ सय जनालाई खाना वितरण गरिएको गुप्ताले जानकारी दिए । ‘अस्पताल परिसरमा वैशाख २७ गते बिरामी र बिरामी कुरुवा ८ हजार र एक हप्ता अघिदेखि भैरहवास्थित मिलनचोकमा मजदूर, विपन्न परिवार ५ सय गरी ८ हजार ५ सय जनालाई खाना खुवाउनुका साथै मास्क र पानी वितरण गरेका छौं, ’उनले भने ।

    क्लबका उपाध्यक्ष एवं वर्ष २०२१/२२ का इलेक्ट अध्यक्ष गोविन्द प्रसाद गिरीले खानाका लागि भौतारिन नपरोस् भन्ने उद्देश्यले निःशुल्क खाना वितरण कार्यक्रम सञ्चालन गरिएको बताए । उनले क्लबको सम्पूर्ण टिमको सक्रियताका कारण युसीएमएस र मिलनचोकमा गरी ८ हजार ५ सय जनालाई खाना वितरण गरिएको बताए । ‘अस्पतालमा बिरामी तथा कुरुवालाई लक्षित गर्दै यो कार्यक्रम सञ्चालन गर्यौं, यहाँ विभिन्न जिल्लाबाट बिरामी आउनुभएको छ,’ उनले भने । कार्यक्रम सुरु गरेपछि देश तथा विदेशबाट स्वेच्छिक रुपमा पनि सहयोग जुट्न थालेको र जसका कारण सामाजिक काममा थप प्रोत्साहन भएको गिरीले बताए । ‘सहयोग कसैसंग मागेनौं, जोडबल गरेनौ, निस्वार्थ रुपमा सकारात्मक सोचका साथ सहयोग जुट्दै गयो, जसका कारण थप उर्जा प्रदान भयो, ’उनले भने । कोरोना महामारीको विषम परिस्थितिमा पनि क्लबका सम्पूर्ण सदस्यहरुले डर र त्रास नभनी निरन्तर खटेकोले कार्यक्रम सफल भएको उनको भनाइ छ । 

    खाना वितरण कार्यक्रम संयोजक संगिता सिंहले कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न क्लबमा आबद्ध सम्पूर्ण सदस्यहरुको सहयोग रहेको बताइन् । उनले मास्क, सेनिटाइजर र ग्लोब्सको प्रयोग गरी स्वास्थ्य मापदण्ड पालना गरेर खाना वितरण गरिएको बताइन् ।

    युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) का जनसम्पर्क अधिकृत सुशिल गुरुङले कोभिड–१९ को दोस्रो लहरमा निषेधाज्ञाका कारण अस्पताल वरपरका होटल बन्द भएको अवस्थामा बिरामी तथा कुरुवाहरुलाई निःशुल्क खाना वितरण गर्नु पवित्र कार्य भएको बताए । उनले यस्तो पवित्र कार्य गर्ने लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीलाई अस्पताल तथा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालको तर्फबाट धन्यवाद ज्ञापन गरे । भोलिका दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा उनले जोड दिए । ‘राज्यले गर्नुपर्ने दायित्वबाट पन्छिरहेको अवस्थामा सामाजिक उत्तरदायित्व अन्तर्गत स्वतस्र्फूत रुपमा लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी लगायतका संघ–संस्थाले पवित्र कार्य गरेका छन्, यी संस्थाहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दछु, ’उनले भने ।

    आफन्तको उपचारका लागि कपिलवस्तुबाट युसीएमएसमा आएका बिरामी कुरुवा दिनेश मगरले निःशुल्क खाना खुवाउने कार्यक्रमको प्रशंसा गर्दै धन्यवाद दिए । उनले खाना स्वादिलो रहेको र क्लबले पुनित कार्य गरेको बताए ।

    त्यस्तै बिरामी कुरुवा भैरहवाकी निलम चौधरीले भनिन्, ‘१२ दिनदेखि अस्पतालमा बिरामी कुरुवाको रुपमा छ, ११ दिनदेखि खाना लिइरहेको छ, खाना एकदमै राम्रो छ, ’मीठो छ ।IMG_7984.JPG

    खाना वितरण कार्यक्रम बिहीबारदेखि समापन गरिएको क्लबका संस्थापक सचिव भीम बहादुर थापाले जानकारी थिए । ‘वर्षाको समयमा पनि कार्यक्रम रोकेनौ, ’थापाले भने । युसीएमएसमा जेठ ६ गतेदेखि जेसीआई सिद्धार्थ, नेपालले पनि निःशुल्क खाना वितरण गर्दै आइरहेको छ ।khana.jpg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij