images

शनिवार, बैशाख २२ गते २०८१

मारवाडी युवा मंचद्वारा भीम अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

मारवाडी युवा मंचद्वारा भीम अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

images
images
images
बिहिवार, जेठ २० २०७८
बिहिवार, जेठ २० २०७८
  • मारवाडी युवा मंचद्वारा भीम अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

    भैरहवा, २० जेठ । 
    मारवाडी युवा मंच भैरहवा, रुपन्देहीले भीम अस्पताललाई विभिन्न स्वास्थ्य उपकरण प्रदान गरेको छ । कोरोना संक्रमित बिरामीको उपचारमा अझ सहज होस् भन्ने उद्देश्यले अस्पताललाई १० पिस बेन सर्किट, ८ थान भेन्टेड मास्क र एक थान नन भेन्टेड मास्क गरी एकलाख बराबरको स्वास्थ्य (सर्जिकल) उपकरण/सामग्री हस्तान्तरण गरिएको मंचका अध्यक्ष मनोज कुमार अग्रवालले बताए । स्वास्थ्य उपकरण तथा सामग्रीको अभावमा बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने मंचको उद्देश्य रहेको अग्रवालले बताए ।

    images
    images
    images

    ‘भैरहवास्थित भीम अस्पतालमा सर्जिकल उपकरणहरु आवश्यक भएको र स्थानीय बजारमा उपलब्ध नभएका कारणले कतिपय कोरोना संक्रमित बिरामीलाई उपचार गर्न समस्या भएको जानकारी पाएपछि सोही माग अनुसारको उपकरण अस्पताललाई हस्तान्तरण गरिएको हो, ’उनले भने ।

    मंचले बिहीबार भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्तालाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

    कार्यक्रममा मारवाडी युवा मंचका निवर्तमान अध्यक्ष सुनिल सेठिया ः उपाध्यक्ष विनित बेरिवाल, महासचिव मोहित सेठिया, कोषाध्यक्ष राजेश अग्रवाल, सह–सचिव अशोक डागा, युवा समाजसेवी रविकान्त उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।


    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij