images

शनिवार, बैशाख २२ गते २०८१

सनराइज बैंकद्वारा कोरोना अस्थायी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग  

सनराइज बैंकद्वारा कोरोना अस्थायी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग  

images
images
images
बिहिवार, जेठ २० २०७८
बिहिवार, जेठ २० २०७८
  • सनराइज बैंकद्वारा कोरोना अस्थायी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग  

    नवलपरासी, २० जेठ ।
    पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिकाद्वारा निर्माण गरिएको कोरोना अस्थायी अस्पताललाई सनराइज बैंक लिमिटेडले एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना अस्थायी अस्पताललाई बुधबार स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

    images
    images
    images

    देशभर कोरोनाको दोस्रो भेरियन्ट महामारीको रुपमा फैलिदै गएपछि सम्भावित संक्रमणको जोखिम रोकथाम र न्यूनीकरणका लागि स्वास्थ्य सामग्री सहयोग गरेको सनराइज बैंक लिमिटेड सुनवल शाखाका प्रबन्धक प्रकाश खनालले बताए । उनका अनुसार बैंकले ५५ थान पीपीई र फेशसिल्ड, २ सय थान एन ९५ मास्क, ५० प्याकेट सर्जिकल मास्क, ४ प्याकेट सर्जिकल ग्लोब्स, १२ थान सेनिटाइजर र ४ प्याकेट नर्मल ग्लोब्स गरी १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री अस्थायी कोरोना अस्पताललाई सहयोग गरेको हो ।

    कोरोना महामारीको सुरुवात भए लगत्तै सुनवल नगरपालिकाले अक्सिजन सेवासहितको १९ शैयाको आइसोलेशन सेन्टर निर्माण गरेको थियो भने पछिल्लो समय मिनी एचडीयू सेवासहितको १० शैयाको अस्थायी कोरोना अस्पताल नगरपालिकाले सञ्चालनमा ल्याएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij