images

शनिवार, बैशाख २२ गते २०८१

स्व. पत्रकार हिक्मत चौधरीको परिवारलाई आर्थिक सहयोग

स्व. पत्रकार हिक्मत चौधरीको परिवारलाई आर्थिक सहयोग

images
images
images
बिहिवार, जेठ २० २०७८
बिहिवार, जेठ २० २०७८
  • स्व. पत्रकार हिक्मत चौधरीको परिवारलाई आर्थिक सहयोग

    तिलोत्तमा, २० जेठ ।
    नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले पठाएको रकम स्वर्गीय पत्रकार हिक्मत चौधरीको परिवारलाई प्रदान गरिएको छ । कोरोना  भाइरस संक्रमणका कारण उपचाररत चौधरीको यहि जेठको ५ गते बुटवलको कारोना विशेष अस्पतालमा मृत्यु भएको थियो । 

    स्व. पत्रकार चौधरीको रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित निवासमा पुुगेर नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको टोलीले काजकिरियाका लागि ३० हजार रुपैयाँ हस्तान्तरण गरेको हो । 

    यसअघि नेपाल पत्रकार महासंघ रुपन्देहीले हालै स्थापना गरेको ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’बाट नगद रु. २५ हजार १ सय पनि प्रदान गरेको थियो । केन्द्रिय समितिले पठाएको उक्त सहयोग रकम महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले स्वर्गीय चौधरीकी श्रीमती उदयदेवी चौधरीलाई हस्तान्तरण गरेका हुन् ।

    पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले सन्देश पठाउँदै सो घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले यो महामारीमा पत्रकार महासंघ रुपन्देहीबाट उपचारमा सक्दो कोशिष भए पनि ज्यान बचाउन नसकेकोमा दुःख व्यक्त गर्दै परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् । उनले कोभिड संक्रमित भएपछि काठमाडौँमा उपचाररत वरिष्ठ पत्रकार मदनलाल पौडेलको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष रामराज पोख्रेल, कोषध्यक्ष संजय सौगात, कार्यसमिति सदस्य मोहन न्यौपाने, केन्द्रिय पार्षद दिवाकर पन्थीको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij