images

शनिवार, बैशाख २२ गते २०८१

स्थापना दिवसको अवसरमा शान्ति समाजद्वारा खाद्यान्न वितरण  

स्थापना दिवसको अवसरमा शान्ति समाजद्वारा खाद्यान्न वितरण  

images
images
images
बिहिवार, जेठ २० २०७८
बिहिवार, जेठ २० २०७८
  • स्थापना दिवसको अवसरमा शान्ति समाजद्वारा खाद्यान्न  वितरण  

    बुटवल, २० जेठ । 
    मानव अधिकार तथा शान्ति समाजको २६ औं स्थापना दिवसका अवसरमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीहरु तथा स्वास्थकर्मीरुलाई खाजा वितरण गरिएको छ । प्रादेशिक अस्पताल र अस्पतालद्वारा संचालित धागो कारखानास्थित कोभिड अस्पतालमा उपचाररत संक्रमित र कार्यरत कर्मचारी गरी १ सय ५५ जनालाई खाजा वितरण गरिएको समाजका जिल्ला सभापति डिपी खनालले बताए ।   

    images
    images
    images

    त्यसै गरी मानव अधिकार, लोकतन्त्र, शान्ति र अहिंसा मुलमन्त्र बनाएको समाजको स्थापना दिवसकै अवसरमा शान्ति समाजले सिर्जनशिल समाज नेपालद्वारा मंगलापुरमा संचालित बालगृहमा आश्रित बालबालिकालाई खाद्यान्न समेत वितरण गरिएको छ । कोभिड महामारीका कारण मुलुुककै अर्थव्यवस्था र स्वास्थ्य प्रणाली अस्तव्यस्त भइरहेका बेला बालबालिकाको पालनपोषणमा संकट उत्पन्न नहोस् भनि समाजको तर्फबाट २७ हजार बराबरको खाद्यान्न सामाग्री सहयोग गरिएको हो ।

    सहयोग सामाग्री हस्तान्तरण गर्दै शान्ति समाजमा केन्द्रीय सभापति गोविन्द खनालले नेपालका सत्ता संचालकहरुको लोकतन्त्रप्रतिको इमान्दारितामा आएको स्खलनले व्यवस्थाको जग हल्लिन लागेको बताए । सरकार जनउत्तरदायी र संवेदनशील बन्न नसक्दा कोरोना नियन्त्रण र संक्रमितको औषधि उपचार अव्यवस्थित भएकोले नागरिकले जीवन गुमाउनु परेको सभापति खनालको भनाइ थियो । 

    कार्यक्रममा समाजका केन्द्रिय सचिव मिना ढ्काल, जिल्ला उपसभापति कृष्ण भट्टराई, सचिव कपिल ज्ञवाली, सह–सचिव कृष्ण पाण्डे, पुर्व जिल्ला सभापति हरिश ढकाल, वुमन केयर नेपाल रूपन्देहीका अध्यक्ष रिता केसी., सिर्जनशिल नेपालका कार्यक्रम संयोजक सरिता पन्थी लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij