
मंगलवार , जेठ १८, २०७८
भैरहवा, १८ जेठ ।
बोधी इन्ष्टिच्युट अफ लुम्बिनीले रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा भैरहवामा सञ्चालित ‘फूड बैंक’ लाई सहयोग गरेको छ । इन्ष्टिच्युटले फूड बैंक सञ्चालनका लागि थप सहयोग पुगोस् भन्ने उद्देश्यले क्लबलाई ३० हजार प्रदान गरेको क्लबका प्रथम उपाध्यक्ष गोविन्द ज्ञवालीले बताए ।
इन्ष्टिच्युटका अध्यक्ष तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी भिक्षु मैत्तेयले क्लबका अध्यक्ष हिरा बहादुर शाह, संस्थापक अध्यक्ष विमल सेञ्चुरीलाई मंगलबार उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
निषेधाज्ञाका कारण विपन्न तथा मजदूरलाई बिहान–सांझ छाक टार्न समस्या नहोस् भन्ने कुरालाई मध्यनजर गर्दै क्लबले वैशाख २७ गतेदेखि भैरहवामा फूड बैंक सुरु गरेको छ । फूड बैंकमार्फत हालसम्म ३९४ घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको क्लबका सदस्य धर्मवीर शर्माले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij