images

बिहिवार, बैशाख २० गते २०८१

प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ

प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ

images
images
images
सोमवार, जेठ १७ २०७८
सोमवार, जेठ १७ २०७८
  • प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ

    भैरहवा, १७ जेठ ।
    डिउटीमा खटिएको प्रहरी टोलीलाई घुस दिन खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाको मिस्ती गाउँपालिका–२ थामडाँडा घर भइ हाल रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ डाँडागाउँका ३७ वर्षिय लोक बहादुर बयम्बु मगर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाका अनुसार आइतबार राती ११ बजे लोक बहादुरलाई सिद्धार्थनगर–१२ स्थित डाँडागाउँमा शंकाष्पद अवस्थामा फेला पारी चेकजाँच गर्ने क्रममा उनको साथबाट प्रहरीले ३ बाक्सा मदिराजन्य पदार्थ फेला पारेको थियो ।

    उनलाई आवश्यक सोधपुछ गर्ने क्रममा प्रहरीलाई २ हजार ५ सय रुपैयाँ दिन खोजेको र सार्वजनिक स्थानमा प्रहरीसंग अनावश्यक वादविवाद र गालीगलौजको वातावरण सिर्जना गरेकोले नियन्त्रणमा लिइएको डीएसपी थापाले जानकारी दिए ।

    लोक बहादुरलाई आवश्यक अनुसन्धान पश्चात अभद्र व्यवहार मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट ७ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 



    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij