२०८३, बैशाख २६ गते

May 09 2026 | २०८३, बैशाख २६ गते

विपन्न परिवारलाई खाद्यान्न बाँड्दै लायन्स भैरहवा ग्रीन सिटी

सोमवार , जेठ १७, २०७८

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • भैरहवा, १७ जेठ । 
    बिरामी तथा बिरामी कुरुवालाई निःशुल्क खाना वितरण गर्दै आएको लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले सोमबारदेखि विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण कार्यक्रम सुरु गरेको छ । निषेधाज्ञाका कारण अस्पताल वरपरका होटल तथा रेष्टुरेष्ट बन्द भएपछि क्लबले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) मा वैशाख २७ गतेदेखि बिरामी तथा बिरामी कुरुवालाई निःशुल्क खाना वितरण गर्दै आएको छ । अस्पतालमा हालसम्म ६ हजार ६ सय बढीलाई खाना वितरण गरिएको क्लबले जनाएको छ ।

    ‘कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि अहिले विपन्न परिवार तथा मजदूरलाई बिहान–सांझको छाक टार्न समस्या छ, यही समस्यालाई मध्यनजर गर्दै निःशुल्क खाद्यान्न वितरण कार्यक्रम आजदेखि सुरुवात गरेका छौं, ’क्लबका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले भने । क्लबका सदस्यहरुले विपन्न परिवारको पहिचान गरी राहत वितरण गरिने गुप्ताले जानकारी दिए । 

    प्रतिपरिवार चामल १० के.जी, आटा ५ के.जी., दाल २ के.जी., सोयाबीन ३ प्याकेट, तेल १ लिटर र नुन १ प्याकेट वितरण गरिने कार्यक्रम संयोजक हेमन्तराज जोशीले बताए ।

    पहिलो दिन २९ घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको क्लबका उपाध्यक्ष मनोज क्षेत्रीले जानकारी दिए । खाद्यान्न वितरण कार्यक्रममा हेमन्तराज जोशीको संयोजकत्वमा अमृता गुरुङ, ओमनाथ प्रजापति, धनराज गिरी, विजय कुमार कोहार लगायत क्लबका सदस्यहरु खटिएको क्लबका सचिव भीम बहादुर थापाले बताए ।