images

शुक्रवार, बैशाख २१ गते २०८१

बुटवलमा टोलटोलमा सुरु भयो निःशुल्क कोरोना परीक्षण 

बुटवलमा टोलटोलमा सुरु भयो निःशुल्क कोरोना परीक्षण 

images
images
images
सोमवार, जेठ १७ २०७८
सोमवार, जेठ १७ २०७८
  • बुटवलमा टोलटोलमा सुरु भयो निःशुल्क कोरोना परीक्षण 

    बुटवल, १७ जेठ ।
    बुटवलमा सोमबारदेखि टोल–टोलमा कोभिडको निःशुल्क परीक्षण सुरु भएको छ । मोतिपुर, नयाँगाउँ, तामनगर, सेमलार, बुद्धनगर र उपमहानगरपालिका परिसरमा सर्वसाधारणको निःशुल्क पीसीआर परीक्षण गरिएको छ । हालसम्म ६२ जनाको परीक्षण भएकोमा १४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । 

    images
    images
    images

    मोतिपुर स्वास्थ्य चौकी, नयाँगाउँ सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र र कार्यालय परिसरमा एन्टिजेनबाट परीक्षण भइरहेको छ । बुटवल उपमहानगरले सबै वडाका धेरै संक्रमित भेटिएका र जोखिमपूर्ण हस्टस्पट क्षेत्र पहिचान गरी एकसाथ धेरैजनाको एन्टिजेनबाट परीक्षण सुरु गरिएको हो । आजदेखि सुरु भएको परीक्षण उपमहानगरपालिकाका सबै वडाका टोलमा पायक मिलाएर २१ गतेसम्म गरिनेछ ।

    महामारीविरुद्धको अभियान सशक्त बनाउने उद्देश्यले समुदाय स्तरमा व्यापक परीक्षण गरिएको बताउँदै प्रमुख शिवराज सुवेदीले स्वास्थ्य मापदण्ड र स्वनियममा बस्न आग्रह गरेका छन् । जनस्वास्थ्यको संवेदनशीलता र महामारीविरुद्धको जारी अभियानलाई प्रभावकारी बनाउन एकैपटक सबैतिरबाट परीक्षण गर्न लागिएको प्रमुख सुवेदीले बताए । मनोबल उच्च राख्न उनले आग्रह गरेका छन् ।स्वास्थ्यकर्मीलाई क्षेत्र तोकेर जिम्मेवारी प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए । ‘सावधानी र स्वास्थ्य मापदण्ड सबैले पालना गरौं, ’उनले भने । उपमहानगरका जनप्रतिनिधि तथा विज्ञहरूले सकारात्मक सन्देश प्रवाह गर्न र मनोबल उच्च राख्न आग्रह गरेका छन् । 

    बुटवलमा संक्रमितको घरदैलोमै पुगेर आयुर्वेद ओखती वितरण गरिएको छ भने योगा र ध्यान सिकाइएको छ । वडा र स्वास्थ्यकर्मीलाई जिम्मेवारी तोकेर फिल्डमा परिचालन गरिएको छ महामारी नियन्त्रणका लागि बुटवलले नमुना र उदाहरणीय काम गर्दै आएको छ । संक्रमितलाई हौसला बढाउन आयुर्वेद ओखती, भिटामिनहरु र जरुरी परेकालाई अक्सिजन सिलिण्डर नै बोकेर बुटवलका जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरदैलोमा पुगेका छन् । निःशुल्क परीक्षण आगामी २१ गतेसम्म हुने उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij