images

शुक्रवार, बैशाख २१ गते २०८१

इन्टर स्पोर्ट्स क्लबद्वारा अतिविपन्नलाई राहत

इन्टर स्पोर्ट्स क्लबद्वारा अतिविपन्नलाई राहत

images
images
images
सोमवार, जेठ १७ २०७८
सोमवार, जेठ १७ २०७८
  • इन्टर स्पोर्ट्स क्लबद्वारा अतिविपन्नलाई राहत

    बुटवल, १७ जेठ ।
    लक्ष्मीनगरको ईन्टर स्पोर्ट्स क्लबले सामाजिक उत्तरदायित्व अन्तरगत सोमबार राहत वितरण गरेको छ । क्लबको कार्यालय परिसर लक्ष्मीनगरमा बसोबास गर्ने गरिब तथा अतिविपन्न ७० परिवारलाई राहत सामग्री वितरण गरेको हो । क्लबका महासचिव होम बहादुर क्षेत्रीले कोभिड–१९ को संक्रमण बढेसंगै गुजारा चलाउन समस्यामा परेका परिवारहरु राहत वितरण गरिएको बताए । प्रत्येक घरधुरी २० किलो चामल, २ किलो दाल, २ किलो सोयाबिन, १ केजी चिनी, १ लिटर तेल, एक प्याकेट नुनका दरले वितरण गरिएको उनले बताए । राहतका लागि अमेरिका निवासी क्लबका अध्यक्ष मधु कार्कीबाट ५० हजार रुपैयासंगै क्लबका सबै सदस्यहरुबाट केही रकम उठाएको उनले बताए ।

    images
    images
    images

    एक महिना अघिबाट क्लबमार्फत राहत वितरण गरिएको भन्दै क्लबका उपाध्यक्ष वसन्त श्रेष्ठले राहत कार्यक्रमलाई निरन्तरता दिने बताए । 

    कार्यक्रम संयोजक अशोक सेनले क्लबका सदस्य मदन क्षेत्रीको माता मृगौलासम्बन्धि रोगको उपचारको क्रममा मृत्यु भएको हुँदा अन्त्येष्टि कर्मका लागि नगद १५ हजार रुपैयाँ समेत सहयोग गरिएको बताए।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij