images

शुक्रवार, बैशाख २१ गते २०८१

आम्दामा ‘बुटवल उद्योग वाणिज्य संघ कोभिड वार्ड’को लागि वस्तुगत समितिको सहयोग

आम्दामा ‘बुटवल उद्योग वाणिज्य संघ कोभिड वार्ड’को लागि वस्तुगत समितिको सहयोग

images
images
images
सोमवार, जेठ १७ २०७८
सोमवार, जेठ १७ २०७८
  • आम्दामा ‘बुटवल उद्योग वाणिज्य संघ कोभिड वार्ड’को लागि वस्तुगत समितिको सहयोग

    बुटवल, १७ जेठ ।

    images
    images
    images

    बुटवल उद्योग वाणिज्य संघ अन्तरगत गठित गिफ्ट तथा कस्मेटिक वस्तुगत समितिले बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा स्थापना गर्न लागिएको बुटवल उद्योग वाणिज्य संघ कोभिड वार्डको लागि आर्थिक सहयोग प्रदान गरेको छ । अस्पतालमा आईसीयु सेवा सञ्चालनको लागि संघको तर्फबाट हुने सहयोगको लागि वस्तुगत समितिले १ लाख २५ हजार १ रुपैंया संघलाई प्रदान गरेको हो । उक्त सहयोग आइतबार वस्तुगत समितिका अध्यक्ष अलिम दिन सहितको टोलीले बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूलाई हस्तान्तरण गरेको हो ।

    आम्दा अस्पतालमा सञ्चालन गर्न लागिएको आइसीयू भेन्टिलेटरसहितको १ सय शैयाको कोभिड उपचार केन्द्रमा संघले ५ आईसीयु बेड र ५ वटा प्यासेन्ट मोनिटर प्रदान गरेको थियो । आईसीयु बेड र प्यासेन्ट मोनिटर १०/१० थान दिने भने पनि भेन्टिलेटर बिना आइसीयू सेवा प्रभावकारी नहुने भए पनि आम्दाकै आग्रहमा थप दिनुपर्ने ५ थान आइसीयू बेड र ५ थान प्यासेन्ट मोनिटरको साटो भेन्टिलेटर दिने सहमति भएको अध्यक्ष कसजुले बताए ।

    उनका अनुसार सोमबारसम्म आइसीयू तथा भेन्टिलेटर उपकरणहरु जडान भइसक्ने र मंगलबारदेखि उपचार सेवा सुरु हुनेछ । संघले आम्दामा प्रदान गर्न लागिएको आइसीयू तथा भेन्टिलेटरमा करिव ४० लाख रुपैयाँ खर्च हुने जानकारी गराउँदै अध्यक्ष कसजूले त्यसको लागि विभिन्न बस्तुगत समिति तथा उद्योगी व्यवसायीहरुले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे ।

    कोरोना महामारीका कारण धेरै नेपालीले अकालमै ज्यान गुमाउनु परेको र उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था आउन नपाओस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको अध्यक्ष अलिम दिनले बताए । कोरोना भाइरस संक्रमणकै कारण उक्त वस्तुगत समितिका कार्यसमिति सदस्य देउराली कस्मेटीकका सञ्चालक महेन्द्र पौडेलको ज्यान गएको थियो भने धेरै व्यवसायी संक्रमित भएका थिए ।

    त्यस अवसरमा संघका अध्यक्ष कसजू र वस्तुगत समितिका अध्यक्ष अलिम दिनले दिवंगत महेन्द्र पौडेलप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गर्नुको साथै संक्रमित भएकाहरुको शिघ्र स्वास्थ्य लाभको समेत कामना गरेका थिए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij