images

शुक्रवार, बैशाख २१ गते २०८१

जसपा नेता गुप्ताद्वारा बिरामी तथा कुरुवाको लागि विभिन्न सामग्री हस्तान्तरण

जसपा नेता गुप्ताद्वारा बिरामी तथा कुरुवाको लागि विभिन्न सामग्री हस्तान्तरण

images
images
images
आइतवार, जेठ १६ २०७८
आइतवार, जेठ १६ २०७८
  • जसपा नेता गुप्ताद्वारा बिरामी तथा कुरुवाको लागि विभिन्न सामग्री हस्तान्तरण

    भैरहवा, १६ जेठ । 
    जनता समाजवादी पार्टी नेपाल (जसपा) सिद्धार्थनगरका इञ्चार्ज बैजनाथ गुप्ता (बी.एन.)ले भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामी र कुरुवाहरुको लागि पानी, अण्डा लगायत विभिन्न् सामग्री उपलब्ध गराएका छन् । युवा नेता गुप्ताले अस्पतालमा निःशुल्क रुपमा बिरामी तथा कुरुवाहरुलाई अण्डा, चिया, तातो पानी, बेसार पानी, ज्वानो पानी, दालको झोल वितरण गर्दै आएको नेकपा (माओवादी केन्द्र) सिद्धार्थगर कमिटीलाई सामग्री हस्तान्तरण गरेका हुन् । 

    images
    images
    images

    गुप्ताले एक कार्टुन अण्डा, ६० कार्टुन पिउने पानी, दालचिनी, ज्वानो, मरिच लगायतका सामग्री आइतबार वाइसीएल सिद्धार्थनगरका संयोजक दिलिप प्रजापति लगायत माओवादी केन्द्रका नेताहरुलाई हस्तान्तरण गरेका छन् । निरन्तर अस्पतालमा खटेको टिमलाई केही भए पनि सहयोग पुगोस् र आत्मबल बढोस् भन्ने उद्देश्यले उक्त सामग्री वितरण गरेको उनले बताए । 

    लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीका वरिष्ठ सल्लाहकार समेत रहेका गुप्ताले भने, ‘राजनीति गर्दै गरौंला सेवाको भावले फ्रन्टलाइनमा खटिनु भएका सम्पूर्ण सहयोगी मित्रहरुलाई क्षमताले भ्याए अनुसार सहयोग गर्छु ।’

    सामग्री हस्तान्तरण कार्यक्रममा जसपा सिद्धार्थनगर सदस्य कृष्ण विश्वकर्मा समाजसेवी दिपक गुप्ता, अजय वर्मा, अजय गुप्ता, प्रकाश थापा लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij