images

शुक्रवार, बैशाख २१ गते २०८१

बजेट सुनाउनका लागि होइन, कार्यान्वयनका लागि ल्याइएको हो : अर्थमन्त्री पौडेल

बजेट सुनाउनका लागि होइन, कार्यान्वयनका लागि ल्याइएको हो : अर्थमन्त्री पौडेल

images
images
images
आइतवार, जेठ १६ २०७८
आइतवार, जेठ १६ २०७८
  • बजेट सुनाउनका लागि होइन, कार्यान्वयनका लागि ल्याइएको हो : अर्थमन्त्री पौडेल

    काठमाडौं,  १६ जेठ ।
    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयन गरेर देखाउने बताएका छन् । ‘बजेट सुनाउनका लागि होइन । कार्यान्वयनका लागि ल्याइएको हो । अर्थ मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले भने–‘बजेटप्रति जवाफदेही छौं ।’
    उनले प्रतिनिधिसभा नभएका बेला संवैधानिक प्रावधान अनुसार बजेट प्रस्तुत गरेको उल्लेख गर्दै त्यसमा दुविधा नराख्न आग्रह गरे । उनले कुनै ठाउँमा बसेर केही नेताले बक्तव्य दिँदैमा सरकारको बैधानिकता खण्डित नहुने बताए ।

    images
    images
    images

    अर्थमन्त्री पौडेलले संविधान अनुसार ल्याउनै पर्ने भएर जेठ १५ गते बजेट ल्याएको भन्दै मतदाता प्रभावित गर्नका लागि बजेट नल्याएको स्पष्ट पारे ।  कोभिड–१९ ले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने गरी बजेट आएको भन्दै उनले  समयमा खोप ल्यायो भन्ने गरी काम गर्ने बताए । बजेटको कार्यान्वयनका लागि व्यवस्थित योजना बनाएर अघि बढने उनको भनाइ छ ।

    अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका साथै खोपको व्यवस्था गरेपछि आर्थिक पुनर्उत्थान हुने विश्वासका साथ बजेट आएको बताए । राजस्व सचिव रामशरण पुडासैनीले नयाँ कर लगाएको नभइ कानून बमोजिम सामान्य समायोजन गरेको बताए ।
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij