images

बिहिवार, बैशाख २० गते २०८१

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध मुद्दा दर्ता

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध मुद्दा दर्ता

images
images
images
शुक्रवार, जेठ १४ २०७८
शुक्रवार, जेठ १४ २०७८
  • भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध मुद्दा दर्ता

    नेपालगञ्ज, १२ जेठ ।
    बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको छ । पक्राउ परेका उनीहरुले अस्पतालमा कार्यरत एकजना नर्सलाई घाँटी च्यापेर आक्रमण गरेको र अन्यलाई पनि सांघातिक आक्रमण गरेको अभियोग लगाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गराएको हो ।

    images
    images
    images

    उनीहरुविरुद्ध बाँके जिल्ला अदालतमा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सुभास खड्काले बताए । उनीहरुलाई शुक्रबार प्रहरीले अदालतबाट म्याद थप गराइ अनुसन्धान गरिरहेको डीएसपी खड्काले बताए ।

    कोरोना संक्रमण भई भेरी अस्पतालमा उपचार गराईरहेका दाङका डिल्ली बहादुर रावतको बिहीबार राती मुत्यु भएपछि मृतकका भाई मानबहादुर रावत र छोराहरु भरत राउत र लोकराज रावत समेतले अस्पतालका नर्सिङ स्टाफ सुदिक्षा गैरेको घाँटी च्यापेर मार्न खोजेका थिए भने डा. चन्द्रप्रकाश शाहु, नर्सहरु बन्दना श्रेष्ठ र आश्वीनी गुरुङलाई सांघातिक आक्रमण गरेका थिए । उनीहरु आक्रमणकारीबाट ज्यान जोगाउन बाथरुमको झ्याल फोडेर पहिलो तलाबाट हाम फालेका थिए ।

    स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने मृतकका भाई तुलसीपुरका मानबहादुर रावत र छोराहरु भरत राउत र लोकराज रावतमाथि मुद्दा दर्ता भएको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij