
शुक्रवार , जेठ १४, २०७८
दाङ, १४ जेठ ।
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गत वैशाख १७ गतेदेखि जारी गरिएको लकडाउन दाङमा जेठ २५ गतेसम्म लम्ब्याइएको छ । दोस्रो पटक थप गरिएको लकडाउनको समय भोलि सकिदैछ । कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले थप १० दिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
बैठकले सातामा दुई दिन बिहान एक घण्टा खुल्दै आएको खाद्यान्नका पसल अबदेखि दैनिक बिहान ६ देखि ८ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ । तर भौतिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षामा भने व्यवसायी र उपभोक्ताले विशेष ध्यान दिनुपर्ने भनिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij