images
images

मंगलवार, जेठ ८ गते २०८१

घरबहाल क्षेत्रमा राहत दिन सरोकारवाला र सरकारसंग माग

घरबहाल क्षेत्रमा राहत दिन सरोकारवाला र सरकारसंग माग

images
images
images
बिहिवार, जेठ १३ २०७८
बिहिवार, जेठ १३ २०७८
  • घरबहाल क्षेत्रमा राहत दिन सरोकारवाला र सरकारसंग माग

    बुटवल, १३ जेठ । 
    घरबहाल सरोकार महासंघ नेपालले कोभिड–१९ द्वारा प्रभावित घरबहाल क्षेत्रमा छुट प्रदान गर्न र राहतको व्यवस्था गर्न सरकार लगायत सरोकारवाला पक्षसंग माग गरेको छ ।  घरबहाल महासंघले एक विज्ञप्ती प्रकाशित गर्दै कोभिडका कारण प्रत्यक्ष व्यापार व्यवसाय बन्द भइ प्रभावित बनेका उद्योगी, व्यवसायीहरु, ज्याला मजदुरी गरी दैनिक गुजारा गर्ने मजदुरहरु, विद्यार्थी तथा निम्न आय भएका समुदायलाई घरबहालमा छुट दिन माग गरिएको छ ।

    images
    images
    images

    घरबहालका क्षेत्रमा बसोबास, व्यापार र उद्योग गर्नेहरुले कोरोना कहरको दोस्रो लहरले पनि ठुलो क्षति व्यहोरेको उल्लेख गर्दै घरबहाल महासंघले बन्दाबन्दी अवधिभरको ५० प्रतिशत घरबहाल मिनाहा गर्न, बहाल भुक्तानी लिँदा दिँदा सरल किस्ताबन्दीमा भुक्तानी दिने व्यवस्था मिलाउन समेत आग्रह गरेको छ। 

    साथै महामारीले आर्थिक वृद्धिदरलाई समेत घटेर आम लगानीकर्ताको कोराबारलाई शुन्य बनाइ दिएको हुँदा चलिरहेको बहालमा २५ प्रतिशत बहाल दर २ वर्षका लागि घटाइ बहाल सम्झौताको व्यवस्था गर्न तीनै तहका सरकार र सरोकारवालासंग आग्रह गरेको छ । 

    महासंघका अध्यक्ष बलभद्र खनालद्वारा हस्ताक्षरित विज्ञप्तीमा अहिलको कोरोना संकटको बेला घर जग्गा बहाल मिनाहा गर्ने र राहत दिने घरधनीलाइ उच्च सम्मान र अभिनन्दन गर्नुपर्ने बताइएको छ । 

    साथै बहाल छुट दिने घरबेटीहरूको तथ्यांक संकलन गरी बन्दाबन्दी अवधिभरको घरधनीले तिर्नुपर्ने सबै प्रकारका कर छुट, बैंक वित्तीय संस्थाहरुको ब्याज सहुलियत, कर्जा भुक्तानी समयावधि थप, सहुलियत दरका कर्जा दिने, रोजगारी सिर्जना गर्ने रोजगारदाता सबैलाई विशेष सुविधाका राहत प्याकेजहरु सम्बोधन गर्न महासंघद्वारा माग गरिएको छ । 

    यता घरबहाल सरोकार महासंघलाई प्राप्त जानकारी अनुसार कोरोना संकटका बेला घरधनीले बहालवाला माथि अमानवीय व्यवहार गरेको भन्दै आपत्ति समेत जनाएको छ । महासंघले संकटको बेला अमानवीय व्यवहार गर्ने घरधनीलाई कारवाही गर्न सरकारसंग माग पनि गरेको छ । ghar bahal (1).jpg

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij