
बुधवार , जेठ १२, २०७८
भैरहवा, १२ जेठ ।
जेसीआई सिद्धार्थ लेडी, नेपालले भैरहवास्थित भीम अस्पताललाई खाद्यान्न तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने नारालाई आत्मसाथ २५६५ औं बुद्ध जयन्तीको अवसर पारेर बुधबार अस्पताललाई उक्त सामग्री हस्तान्तरण गरिएको जेसीआई सिद्धार्थ २०२१ का अध्यक्ष रीमा न्यौपानेले बताइन् ।
खाद्यान्न सामग्री, मास्क, सेनिटाइजर, पीपीई सेट लगायतका सामग्री भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्तालाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक अनुपा पाण्डेले बताइन् ।
कार्यक्रममा संस्थाका महासचिव मिनाक्षी क्षेत्री, निवर्तमान अध्यक्ष तुलसा भुसाल लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij