
मंगलवार , जेठ ११, २०७८
बुटवल, ११ जेठ ।
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले कोभिड–१९ बाट संक्रमितहरुको उपचारलाई सहज र सरल बनाउन लागिपरेको बताएका छन् । सोमबार पत्रकार महासंघ रुपन्देहीको टोलीसंगको भेटमा उनले पहुँचका भरमा अक्सिजन खोज्ने र उपचार पाउने परिपाटी रोक्न लुम्बिनी प्रदेशमा रहेका सबै कोभिड अस्पतालहरुको अनुगमन र निरीक्षणमा लागेको उनले बताए । सबै अस्पतालमा अक्सिजन प्लान्ट बन्न लागेको बताउँदै अब धेरै समय अक्सिजन अभाव व्यहोर्नु नपर्ने उनले दावी गरे ।
अस्पतालमा एक्कासी बिरामीको संख्या बढ्दा चिकित्सक तथा नर्सहरु समेत अतालिएको बताउँदै मन्त्री श्रेष्ठले स्वास्थ्यकर्मीको सही व्यवस्थापन गर्ने उनले बताए ।
सरकारी कोरोना अस्पतालले मात्रै कोरोना संक्रमितको उपचार थेग्न नसक्ने देखिएपछि पछिल्लो समय १२ वटै जिल्लामा सेवा विस्तार थालेको उनको भनाइ थियो । मन्त्री श्रेष्ठले सरकारी अस्पतालको भार कम गर्न निजी अस्पतालहरुमा पनि आइसोलेशन अस्पताल बनाउन लागेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij