images
images

मंगलवार, जेठ ८ गते २०८१

साबुन उद्योगी कसौधनको निधन

साबुन उद्योगी कसौधनको निधन

images
images
images
सोमवार, जेठ १० २०७८
सोमवार, जेठ १० २०७८
  • साबुन उद्योगी कसौधनको निधन


    हरिश ढकाल
    बुटवल, १० जेठ । नेपालकै प्रतिष्ठित साबुन उद्योगी सतिशचन्द्र कसौधनको निधन भएको छ । बुटवल ४ संगमपथ निवासी ६० वर्षिय कशौधनको काठमाडौंमा आज अपरान्ह निधन भएको पारिवारिक श्रोतले जनाएको छ । 
    शिवशक्ति र महाकाली ग्रुप अफ इण्डष्ट्रिजका सञ्चालक समेत रहेका उद्योगी कशौधनलाई कोभिड संक्रमणका कारण बिरामी भइ गम्भिर भएपछि केही दिन अघि काठमाडौं लगिएको थियो । कोरोना पोजेटीभसँगै फोक्सोमा निमोनियाको संक्रमण देखिएकाले कसौधनको अस्पतालमै उपचार गरिएको थियो ।
    रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष र वर्तमान अध्यक्षीय परिषदका संयोजक समेत रहेका कसौधनलाई दुईसाता भेन्टिल्टरको सहायतामा उपचार गरिएको थियो ।  पारिवारिक श्रोतका अनुसार कसौधनको स्थितिमा क्रमश : सुधार भएपछि आइसीयू हुँदै केही दिन अघि जनरल वार्डमा सारिएको थियो । 
    नेपालकै प्रसिद्ध मानिने रिच, एल्जी, रुपा लगायतका विभिन्न साबुन र सर्फ उद्योगका संचालक कसौधनलाई दुईदिन अघि पुनः स्वासप्रस्वासमा समस्या भएपछि पुनः भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । आज अचानक उहाँको निधन भएको खबरले स्तब्ध बनाएको रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले बताए ।

    images
    images
    images

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij