२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

मापदण्डविपरीत संचालित १० क्रसर उद्योग बन्द गर्न निर्देशन 

आइतवार , जेठ ९, २०७८

दाङ, ९ जेठ ।
मापदण्डविपरीत संचालित क्रसर उद्योग तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालय दाङले निर्देशन दिएको छ । जिल्लाका विभिन्न ठाउँमा बालुवा प्रशोधनको नाममा संचालित १० उद्योगले मापदण्डविपरीत क्रसर उद्योगसम्बन्धि काम गरेकोले तत्काल बन्द गर्न निर्देशन जारी गरिएको प्रशासनले जनाएको छ । 

प्रशासनले जारी गरेको विज्ञप्तीमा साविकको बिजौरी–४ मा रहेको स्वर्गद्वारी प्लान्ट प्रा.लि., साविक बिजौरी–६ मा रहेको जनविश्वास बालुवा वासिङ उद्योग, तुलसीपुरमा रहेको गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन उद्योग, मंगलम बालुवा प्रशोधन उद्योगलाई आफ्नो काम तत्काल बन्द गर्न निर्देशन जारी गरिएको छ । 

त्यसै गरी साविक सतबरिया–२ मा रहेको बगारबाबा बालुवा प्रशोधन उद्योग, लमही–९ मा रहेको पाण्डवेश्वर बालुवा वासिङ उद्योग, बेलामा रहेको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, पूर्णागिरी एगृगेट बालुवा वासिङ उद्योग र बबई गाउँपालिका –६ मा रहेको कुप्रभिज्ञा बालुवा वासिङ उद्योगलाई काम बन्द गर्न गर्न प्रशासनले निर्देशन दिएको छ । 

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललेद्वारा हस्ताक्षरित विज्ञप्तीमा मापदण्डविपरीत संचालित उद्योगलाई ४ जेठमै तत्काल काम बन्द निर्देशन दिइसकेको र अहिलेसम्म नियमित कार्य गरिरहेको हुँदा तत्काल बन्द गर्न निर्देशन जारी गरिएको छ । प्रशासनले आइतबार जारी गरेको विज्ञप्तीमा अटेर गरे सेवासुविधा कटौती गरिने समेत चेतावनी दिइएको छ । प्रशासनको सुचनालाई अटेरी गरेको पाइएमा विद्युत, खानेपानी लगायतको सुविधा कटौती गरी उद्योग संचालकको बैंक खाता समेत रोक्का गरिने उल्लेख गरिएको छ ।188741675_350798390030222_8859917751918033144_n.jpg