२०८३, भाद्र ३० गते

Sep 15 2026 | २०८३, भाद्र ३० गते

आइतबारको सार्वजनिक बिदा हटाउन सांसद ताहिर अलीको माग

मंगलवार , भाद्र ३०, २०८३

  • 295
    Shares
  • 295
    Shares
  • भैरहवा, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले आइतबारको बिदा कसैलाई नचाहिएको बताउनुभएको छ । उहाँले यो बिदा कटौती गरी पहिलेकै बिदा (शनिबार) मात्रै कायम गर्न सरकारसँग माग गर्नुभएको हो।

    मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्नुहँदै सांसद् भाटले सातामा दुई दिन बिदा दिने सरकारको निर्णयले सार्वजनिक सेवामा असर परेको बताउनुभयो । उहाँले शैक्षिक संस्थाहरूमा अध्ययन=अध्यापन पनि प्रभावित भएको बताउनुभयो ।

    ‘शैक्षिक क्षेत्रमा नकारात्मक असर गरेको छ, त्यसैले आइतबारको बिदा कटौती गरेर पहिलेकै बिदा कायम गरियोस्, ’उहाँले भन्नुभयो ।