२०८३, भाद्र २९ गते

Sep 14 2026 | २०८३, भाद्र २९ गते

हरितालिका तीजमा आज लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

सोमवार , भाद्र २९, २०८३

  • 289
    Shares
  • 289
    Shares
  • दाङ, २९ भदौ । हरितालिका तीजको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयले भदौ २९ गते सोमबार (आज) हरितालिका तीजका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

    प्रदेश राजपत्र भाग–३, खण्ड ९, संख्या १७ मा २०८२ साल चैत २३ गते प्रकाशित सूचनाबमोजिम तीजका दिन सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयले यस अघि जारी गरेको सूचनामा उल्लेख छ ।

    मन्त्रालयका उपसचिव प्रेमप्रसाद आचार्यद्वारा जारी सूचनामार्फत प्रदेश सरकार अन्तर्गतका कार्यालय तथा सम्बन्धित सबैलाई बिदाबारे जानकारी गराइएको छ ।