२०८३, भाद्र २६ गते

Sep 11 2026 | २०८३, भाद्र २६ गते

आईविवीकी अस्ट्रेलियाद्वारा बाढीप्रभावितका लागि ५० लाख सहयोग

शुक्रवार , भाद्र २६, २०८३

  • 157
    Shares
  • 157
    Shares
  • भैरहवा, २६ भदौ । नेपालमा गुणस्तरीय अस्ट्रेलियन ब्राण्ड आईविवी अष्ट्रेलिया (एआईडब्लुआईबीआई अष्ट्रेलिया)का बाढीप्रभावितको उद्धार तथा राहतका लागि आर्थिक सहयोग गरेको छ । आईविवीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको हो ।

    आईविवी अस्ट्रेलिया डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्सले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत् कोषमा रकम सहयोग र हस्तान्तरण गरेको हो ।

    चेक हस्तान्तरण गर्दै आईविवी नेपालको प्रबन्ध निर्देशक ब्यूटी कुमारी सर्राफले विपद्को समयमा सहयोगी हात बन्न पाएकोमा गौरव महसुस भएको बताउनुभयो । उहाँले आईविवीका उत्पादन खरीद गर्ने उपभोक्ता, रिटेलर तथा डिलरहरूको साथकै कारण ३ दिनमै ५० लाख रुपैयाँ सहयोग गर्न सम्भव भएको बताउनुभयो ।

    उहाँका अनुसार पछिल्ला तीन दिनमा उपभोक्ताले आईविवीका सामान खरीद गर्दा खर्च गरेको १०० प्रतिशत रकमलाई आधार बनाएर ५० लाख रुपैयाँ राहत कोषमा जम्मा गरिएको हो ।