२०८३, भाद्र २३ गते

Sep 08 2026 | २०८३, भाद्र २३ गते

बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

मंगलवार , भाद्र २३, २०८३

  • 268
    Shares
  • 268
    Shares
  • भैरहवा, २३ भदौ । रसुवा तथा नुवाकोट जिल्लामा आएको विनाशकारी बाढीको कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त तथा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै रुपन्देहीको भैरहवामा दीप प्रज्जवल कार्यक्रम गरिएको छ ।

    रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी, रोटरी क्लब अफ भैरहवा र रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको संयुक्त आयोजनामा सोमबार साँझ भैरहवास्थित बुद्धचोकमा कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारी, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष गंगाधर भण्डारी, रोटरी क्लब अफ भैरहवाका अध्यक्ष अजय कुमार गुप्ता, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष विष्णु थापासहित तीनवटै क्लबका पदाधिकारी, सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

    WhatsApp Image 2026-09-08 at 11.40.58 AM (1).jpeg

    भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, शोकसन्तप्त परिवारप्रति समवेदना तथा बेपत्ताको शीघ्र उद्धार तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन गरिएको रोटरी क्लब अफ भैरहवाका अध्यक्ष अजय कुमार गुप्ताले बताउनुभयो । कार्यक्रममा सहभागीले बाढीमा ज्यान गुमाएका सबैप्रति मौनधारण तथा श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए ।

    dfff.jpg

    WhatsApp Image 2026-09-08 at 11.40.58 AM.jpeg