मंगलवार , भाद्र २३, २०८३
भैरहवा, २३ भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ३ स्थित करुवानीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ओमसतिया गाउँपालिकाको आयोजनामा सोमबार शोकसभा कार्यक्रम सम्पन्न भएको छ ।
उक्त शोकसभामा रास्वपाका ओमसतियाका सभापति सन्दीप यादव, सचिव सुरेश मिश्र, विभिन्न वडाका सभापति, सदस्य, स्थानीयबासी, समाजसेवी लगायतको सहभागीता थियो ।
कार्यक्रममा रास्वपा ओमसतियाका उपसभापति पंकज दुबेले भदौ १० गते रसुवा लगायतका जिल्लामा बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नका लागि शोकसभा आयोजना गरिएको बताउनुभयो । उहाँले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा पीडित परिवार तथा समुदायसँग एकजुट भएर उभिनु सबैको सामाजिक तथा मानवीय दायित्व भएको बताउनुभयो ।
उहाँले समाजमा आइपर्ने सुख–दुःखका हरेक परिस्थितिमा जनतासँग प्रत्यक्ष जोडिँदै सहयोग, सहकार्य र मानवीय संवेदनालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij